Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

समाचार

‘सुगुप’को विशेष प्रदर्शनमा दर्शकको भिड

 काठमाडौं-चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो  भने सिट नपाएर भुईमा नै बसेर सुगुप हेर्ने दर्शकहरुको संख्या पनि उल्लेखनीय रहेको कारण फागुन १७ गते पनि सुगुपको पुनः प्रदर्शन हुने भएको छ ।

सिनेमा हलमा गोर्खा वारियर , सबैठाउँमा दर्शकको साथ

काठमाडौं- ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर आज फागुन ११ गते शुक्रवारबाट देशका देशका १ सय २० भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ । नेपाली, हिन्दी, अँग्रेजी र कोरियन सहित चार भाषामा बनेको यो चलचित्रको नेपाली संस्करण शुक्रवारबाट प्रदर्शनमा आएको हो । शुक्रबार बिहानैबाट फिल्मको व्यापार निकै राम्रो रहेको यसका निर्देशक मिलन चाम्सले जानकारी

एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै

काठमाडौं –  नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने भएको छ । यस मेला काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा यही फागुन १९ गते समुद्घाटन हुने भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने

सनम र अश्विनीको अभिनयमा पराईकी रानी सार्वजनिक

काठमाण्डौ-  चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गीत पराईकी रानी उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै

काठमाडौं – गायनसंगै समाजसेवामा समेत सक्रिय चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने भएका छन् । कलाकार इशाराले ‘सदन हल र भट्टी

गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर

पोखरा- यही ११ फागुनबाट नेपालमा रिलिज हुने मिलन चाम्स निर्देशित ऐतिहाँसिक नेपाली चलचित्र गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख

पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै

काठमाण्डौं । पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम आयोजनामा आएको छ । आराध्यदेव पशुपति नाथ मन्दिर परिसर स्थित पन्चदेवल सत्तलमा स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम गत माघ ११ गतेबाट नियमित संचालनमा आएको हो । सनातन शक्ति नेपाल, कवि गुरुकुल र अखण्ड सनातन हिन्दु युवा वाहिनीको संयुक्त

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान

हेटौडा – चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । कार्यशालाको उद्घाटन सत्रमा चलचित्र पत्रकारितामा लामो समय विताइसक्नु भएका चलचित्र निर्देशक तथा चलचित्र पत्रकार माधव राज खरेल, चलचित्र पत्रकार सानु

खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान गैरे सम्मानित

काठमाडौं । खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ नेपालबाट सम्मानित भएका छन् । शुक्रबार एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् । अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संचार एवं समाजसेवाको क्षेत्रमा क्रियाशिल भएर आर्थिक र सामाजिक रुपान्तरणको लागि

लिम्बु भाषाको चलचित्र ‘सुगुप’ विशेषको प्रदर्शनी हुने

काठमाडौं –चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार, संस्कृति सम्वध्र्दन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सुगुप’ आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते विहीबार किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर,