Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

यो फेयर निक्कै फलदायि रहने छ :महेशवावु तिमिल्सिना

Wednesday, January 17, 2018 National Power

३ माघ,काठमाण्डौ – नेपाली शैक्षिक परामर्शको क्षेत्रमा चर्चित र अग्रणी संस्थाको रुपमा कंगारु एजुकेशन फाउन्डेशनलाई लिने गरिन्छ । फाउन्डेशनले अष्ट्रेलिया, न्यूजल्याड, अमेरिका एवं युरोपका विभिन्न मुलुकमा रहेका कलेज तथा यूनिभर्सिटिका लागी शैक्षिक परामर्श दिदै आईरहेको छ । कंगारु एजुकेशन फाउन्डेशनले जनवरी २३ अर्थात यहि माघ ९ गते होटल अन्पुर्णमा कंगारु एजुकेशन फेयर २०१८ गर्दैछ ।
कंगारु एजुकेशन फेयर २०१८ का विषयमा फाउन्डेशनका अध्यक्ष महेशवावु तिमिल्सिना संग नेशनल पावर न्यूजका लागि राजन थापाले गरेकोे कुराकानी संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।


शैक्षिक परामर्श जगतमा कंगारु एजुकेशन फाउन्डेशन परिचित नाम हो र थुप्रै विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेकोछ यति हुँदाहुदै यस्तो अवस्थामा किन फेयरकै आवश्यकता पर्यो त ?
हो हाम्रो पुरानो शैक्षिक परामर्श केन्द्र हो । विगत १७ वर्ष देखी हामीले कंगारु एजुकेशन फाउन्डेशनलाई संचालनमा ल्याएका छौ र अहिले हामीले देशका विभिन्न ठाउँवाट विद्यार्थीहरुलाई परामर्श पनि दिंदै आईरहेका छौं र विभिन्न मुलुकमा पनि हामीले कार्यलय खोली विद्यार्थीहरुलाई कुनै कठिनाई नहोस् भनि परामर्श पनि दिंदै आईरहेका छौ । विशेष गरी यस फेयरले हाम्रा वैदेशिक अध्ययनका लागी जाने विद्यार्थीहरुलाई सम्वन्धित यूनिभर्सिटि एवं कलेजहरुकै सम्वन्धित व्यक्तिहरुसंग साक्षत्कार गर्न पाउने र उनिहरुसंगै त्याहाँको विषयमा जानकारी लिन पाउन भन्ने उदेश्यले यो फेयरको आयोजना गरेका छौं ।

कति देशका यूनिभर्सिटि र कलेजहरु तपाईहरुले आयोजना गर्ने फेयरमा सहभागि हुने छन् त ?
हामीले आयोजना गर्ने यस फेयरमा अष्ट्रेलिया, अमेरिका, न्यूल्याण्ड र यूरोपका विभिन्न मुलुकका गरी २० भन्दा वढि शैक्षिक संस्थाहरुको सहभागी हुनेछन् ।

यस अघि पनि तपाईहरुले विभिन्न परामर्श दाताहरु संग मिलेर विभिन्न किसिमका फेयरहरु गर्दै आईरहनु भएका थियो तर यस पटक त एक्लै कंगारुले आयोजना गर्दै हुनुहुन्छ किन ?
हो कंगारुले यस अघि न्यूजल्याड एजुकेशन फेयरमा सह–आयोजनाको हिसावमा सहभागिता जनाएको थियो र अन्य फेयरहरुमा पनि कुनै न कुनै रुपमा सहभागिता जनाउँदै आईरहेका थियौ तर यस पटक हामीले नितान्त रुपमा हाम्रा विद्यार्थीहरुका लागी मात्रै यो फेयरको आयोजना गरेका हौ ।

कति विद्यार्थीहरुको सहभागिता हुने अपेक्षा गर्नु भएको छ ?
हाम्रो यस फेयरमा विद्यार्थीहरुको उत्साह पुर्वक सहभागिता हुनेमा हामी विश्वस्त छौं हाम्रो विचारमा १००० भन्दा माथी विद्यार्थीहरुको सहभागिता हुनेछ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
कंगारु एजुकेशन फाउन्डेशनले गर्न लागेको यो पहिलो फेयर हो र धेरैवटा देशका विभिन्न शैक्षिक शंस्थाहरुको सहभागिता रहने हुँदा विद्यार्थीहरुका लागी यो फेयर निक्कै फलदायि रहने छ यसर्थ यहि माघ ९ गते अर्थात जनवरी २३ तारिखका दिन होटल अन्नपुर्णमा आई कंगारु एजुकेशन फेयर २०१८ को अवलोकन गरि आफुले पढ्न चाहेको विश्वविद्यालय र विषयका वारेमा जानकारी लिनुहुन हामी विद्यार्थीहरुलाई आव्हान गर्दछौं ।