Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नायिका सारिका अब गायिका पनि

Sunday, September 17, 2017 National Power

भाद्र २८, काठमाडौं –  नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको स्वरमा रहेको पहिलो एल्वम मोहनीका साथ पनि श्रोता माझ आएकी छिन् । आज राजधानीमा एक कार्यक्रमका विच संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु शाह, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले मोहनी एल्वमको लोर्कापण गरेका छन् ।

यस एल्वम भित्र चार वटा गीत संग्रहित रहेका छन् । के देखेर माया लगायौं, मुलको पानी, छमछम, सान्नानी रहेका छन् । यस गीतको दुई गितमा गायिका घिमिरेको शब्द रहेको छ भने एउटा गीतमा संंगीत पनि भरेकी छिन् । अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयासलाई अतिथि, पत्रकारहरुले खुलेर प्रशसा गरेका थिए ।

उनको संगीत क्षेत्रमा उज्जवल भविष्य रहेको र मेहतनका साथ अघि बढ्ने शुभकामना दिएका थिए । उक्त कार्यक्रममा एल्वममा संग्रहीत के देखेर माया लगायौं गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियो सम्पादक भरत रेग्मीको कामको सबैले प्रसंशा गरेका थिए । दिपज्योती थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन । गीतलाई छायाँछवि क्रियशनले बजारमा ल्याएको छ ।

के देखेर माया लगायौं