Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फुटबल रंगशालमा भागदौड हुदा २ जनाको मृत्यु १७ घाइते

Sunday, July 30, 2017 National Power

१५ साउन – दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको ज्यान गएको हो । प्रि–सिजन कप अन्तर्गतको खेल घटनापछि पनि भएको थियो । रंगशालको गेट खोलेपछि अवस्था नियन्त्रणमा आएको खेल पदाधिकारीले बताएका छन् । खेल काइजर चिफ्सले १–० ले जितेको र टेलिभिजन लाइभ कभरेजको क्रममा खेलमा भागदौडले असर गरेको नदेखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।