Wednesday 4th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दाङको राप्ती गाउँपालिकामा मतगणना जारी, माओवादी अग्रता

Thursday, June 29, 2017 National Power

१५ असार, दाङ – स्थानीय तह निर्वाचन अन्तर्गत दाङका गाउँपालिकाहरुमा मतगणना जारी छ । राप्ती, गढवा, राजपुर, बंगलाचुली र दंगिशरण गाउँपालिका मतगणना भइरहेको छ ।

दाङको सबैभन्दा धेरै मतदाता भएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको छ ।

२२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । कांग्रेसको ७५ र एमालेको २६ मत छ । राप्रपाका उम्मेदवारले २ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९०, कांग्रेसको ७३, एमालेको २७ र राप्रपाको २ मत परेको मुख्य निर्वाचन अधिकृत लालमणि ओझाले जानकारी दिए ।