Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पेट्रोल पम्पमा आगलागी दुई जना घाइते

Wednesday, June 28, 2017 National Power


१४ असार, भक्तपुर – मध्यपुर थिमी–१, लोकन्थलीस्थित मनहरा पुल नजिकको सिद्धार्थ फ्यूल सेन्टरमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा सोही पेट्रोल पम्पमा कार्यरत २३ वर्षीय रामहरि तामाङ र उनका पत्नी २० वर्षीया प्रतिमा तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसप)श्यामबाबु ओलियाले जानकारी दिए। घाइतेमध्ये २० वर्षीया प्रतिमा तामाङलाई लोकन्थलीस्थित समित अस्पतालमा सामान्य उपचारपछि शिक्षण अस्पताल महाराजगंज रिफर गरिएको छ। प्रतिमाको हात, खुट्टा र अनुहार जलेको समित अस्पतालका चिकित्सक डा. कविन्द्र श्रेष्ठले जानकारी दिए। प्रतिमा गर्भवती समेत रहेकाले थप उपचारको लागि शिक्षण अस्पताल रिफर गरिएको डा. श्रेष्ठले बताए। घाइते रामहरिको अवस्था भने सामान्य रहेको छ। उनको हातमा सामान्य चोट लागेको छ। आगलागीबाट पम्पमा भने कुनै क्षति हुन पाएन। साँझ साढे ६ बजे लागेको आगो जुद्ध वारुण यन्त्र भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा ७ बजे नियन्त्रणमा लिएको थियो। ट्याङकरबाट इन्धन खन्याउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी ओलियाले बताए।