काठमाडौँ – एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्ने भएको छ ।
निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूको दमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”
काठमाडौँ – अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे … को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका सार्वजनिक गरेकी हुन् । यो गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेर ल्याएकी हुन् ।
अढाई दर्जन गीत गाईसकेकी सरिताको तीजको लागि यो दोस्रो गीत हो । यस अघि पाँच वर्ष पहिला उनले तीज गीत रातो सारी लरक्कै…. आफ्नो स्वरमा बजारमा ल्याएकी थिईन् । यस पटक गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई संकनल गरेर आफूले तीजको अवसर पारेर यो मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको ल्याएको गायिका सरिताले बताईन् । यो गीतको शब्द पनि सरिताकै हो । यो गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
नाच्न दे…..गीतमा संगीत सृजना ओम सुनारले गरेका हुन् । यो गीतको संगीत संयोजन पनि ओमकै हो । यस अघि ओमकै संगीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत छोड सताउन दर्शकमाझ ल्याएका थिए । सो गीत रिलिज भएको आठ महिना पछि ओमको संगीतमा सरिताले नयाँ गीत नाच्न दे…….को भिडियो यतिबेला सार्वजनिक गरेकी हुन् ।
यो गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन् । गीतको भिडियोमा सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।
मच्छेगाउँको आश्रय होमस्टेमा यसको छायांकन गरिएको यो गीतको भिडियोको छायांकार राजेन्द्र पाण्डे हुन् । भिडियोको सम्पादन पनि पाण्डेकै हो । एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यो गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन तथा कोरियाग्राफी गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशनमा व्यस्त कृष्णले सरितासँग यस अघि पनि दुई वटा गीतमा कोरियोग्राफी गरिसकेका थिए । यी दुईले तेस्रो पटकसँगै काम गरेका हुन् । यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ ।
काठमाण्डौ– भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने चलचित्र ‘चिट्ठी’ हरर र कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना पति प्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।
उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाकोसंगीत र गायिका बेनिषा पौडेलको स्वर रहेको छ । निर्देशक खरेलका अनुसार, ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तरआत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ । गीतको भिडियोमा चलचित्रका अभिनेता संजीत भण्डारी र कञ्चन चालिसेले अभिनय गरेका छन् भने गायिका पौडेल स्वयंम् पनि उक्त गीतमा गायिकाकै रुपमा देखिएकी छिन् ।
चलचित्रको युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्आत्माबीचको अन्तरद्धन्द्धमा आधारित रहेको बताइएको छ । सामाजिक यथार्थता, निकायगत विकृति, मानविय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यका साथ निर्माण गरिएको हो ।
चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् । चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । भीएफएक्स समिर मियाँले गरेका छन् । ध्वनि सम्पादन मनोज परियारले र ५.१ ध्वनी सम्पादन अमित श्रेष्ठले गरेका हुन् । चलचित्रमा रहेको अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, शिव परियार र सरोज कोइरालाको संगीत रहेको थियो भने शिवताण्डवमा बसन्त अर्यालको स्वर समावेश गरिएको छ । शिवताण्डव गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका हुन् भने चलचित्रको द्वन्द्व निर्देशन किरण दाहालको रहेको छ । पृष्ठभूमि संगीत पुष्कर खत्रीले तयार गरेका छन् ।
सञ्चारकर्मीहरुसँगको भेटघाटमामा चलचित्रसँग आवद्ध कलाकार, निर्माता, संगीतकर्मी लगायतले गीत र चलचित्रको सन्दर्भमा धारणा व्यक्त गरेका थिए । चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशभर प्रदर्शनमा आउँदैछ । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी विष्णु सुवेदीले गरेका थिए ।
काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो बजारमा आएको छ ।
लोकप्रिय सङ्गीतकार गायक नरहरि प्रेमी र पछिल्लो समयकी चर्चित गायिका दिपिका बयम्बूको स्वर रहेको यो गीत पुष्पा पौडेलले रचना गरेकी हुन् । सङ्गीत उदियमान सङ्गीतकार अनिल श्रेष्ठको र सङ्गीत संयोजन तथा मिक्सिङ तथा माष्टरिङ कृष्ण बाजुरालीको रहेको छ । गीतको रेकर्डिङ कार्य ‘म्युजिक एरा’ स्टुडियोमा भएको हो ।
बहुआयामिक छवि बनाएका सङ्गीतकार गायक नरहरि प्रेमीले गायनका साथै अभिनय पनि आफैंले गर्न भ्याएका छन् । यस गीतको भिडियोमा जसमा उनलाई गीतकार पुष्पा पौडेलले साथ दिएकी छिन् । हाँस्य रसको मिठासले भरिपूर्ण यो म्युजिक भिडियो निकै मनोरञ्जक पनि छ । गायक तथा संगीतकार नरहरि प्रेमीको अभिनय दक्षतासंग धेरैजसो दर्शक परिचित नै छन् , तथापि यो ‘भाँडा बजाउने’ गीतको भिडियो हेरिरहँदा नरहरि कुनै चलचित्रमा हाँस्य पात्रको रुपमा अभिनय गरिरहेको जस्तो लाग्छ । त्यसो त पुष्पा पौडेलको अभिनय पनि कम छैन । दुबै कलकारहरुको अभिनय सशक्त र सन्तुलित रहको छ । म्युजिक भिडियोको निर्देशक राजकुमार हुन् । उनको निर्देशकीय भूमिकाको विशेष र अहम् महत्व रहेको कुरा सहजै अड्कल काट्न सकिन्छ । निर्देशन संगसंगै सम्पादनमा पनि खरो उत्रिएका छन् राजकुमार ।
तीज आउन अझै केही समय बाँकी भएता पनि यो ‘भाँडा बजाउने’ गीत सुन्दा र हेर्दा तीज हाम्रो घर दैलोमै आईपुगेको हो कि जस्तै छनक पाइन्छ । भिडियो सुन्दर देखिनुमा क्यामेरा पर्सन खेम थापाको र मेकअप आर्टिष्ट बिमला सापकोटाको कला कौशलको महत्वलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यो तीज गीत र भिडियो श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको छ ।
काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।
सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।
चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।
प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
काठमाण्डौ – अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, मोडल आराध्यालक्ष्मीले भनिन्।
आराध्यालक्ष्मीले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । कोरियोग्राफरमा पनि कुशल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित भएकी छिन् । आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड आफनु नाम समेत राख्न सफल भएकी छन् । उनले गीतलाई उडिरहेको प्लेनमा तथा र प्यारागलाइडिङ समेत विमोचन गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।
काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहनु भएको थियो । कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाको अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस वर्षको संगीत रजत सम्मान बाट बरिष्ठ संगीतकार शुरेश अधिकारी सम्मानित हुनु भएको छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको थियो । त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्र्मी सम्मान चर्चित संचारकमी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान(गीतकार÷पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवरलाई सम्मानित गरिएको थियोे ।
“नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लिएर विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सदेश प्रवाह गर्ने उदेश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिनु भयो । विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विधाहरुमा अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’ अध्यक्ष खरेलले बताउनु भयो । नेपाली सहित अन्य ७ वटा भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो
कार्यक्रममा चलचित्र विकास बोर्ड, साँफेबगर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, ओम समाज डेन्टल हस्पिटल, टोखा नगरपालिका, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी, राष्ट्रिय बाणिज्य बैंक, स्मार्ट सर्भिस ईन, आईआईफटी, सिटि सेन्टर फुर्डकोर्ड, एभेन्टोज लगायतले सहयोग गरेका थिए । निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
चर्चित संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा बरिष्ठ संगीतकार जुगल डंगोल, बरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, वरिष्ठ सञ्चारकर्मी तुलसी गिरी “भावुक”, चर्चित संगीत संयोजक साहास शाक्य, ःचर्चित लोक गायक अमृत खाती, मोडलराज टाईगर, निर्देशक केशव राज भट्ट रहेका थिए भने जुरीहरुको ब्यवस्थापन अडियो तर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा “स्माईल” र भिडियो तर्फ निम अवार्डका ब्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरिन भने दोहोरी गायिका तर्फ गायिका सिमा थापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामौलीमा गेट बोलको गीत मार्फतसिमा थापालाई प्रदान गरिएको थियो । उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय भाव,राम प्रसाद अवस्थीः उठौं जनता उठौं, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाईः किन, सर्वोत्कृष्ट आधुनिक गीतकार,जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया,सर्वोत्कृष्ट लोक÷पप गीतकार,लिला राज काम्वाङः छुट्ने वेला, ,सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार,राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले,सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यौ,सर्वोत्कृष्ट लोक/पप गायन, शोभा पाण्डेः डल्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खाती/मुना ठटालः छुट्ने बेला ले अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
त्यसैगरी सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडीः कस्मीरे पच्छ्यौरी, सर्वोत्कृष्ट दोहोरी लयशान्त शिशिरः बेसारे माया,सर्वोत्कृष्ट दोहोरी गायक, हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी, सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला,सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङः कसले बनायो पैसा ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका, निरुता राईः आउ आउ,सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्रः थाहै थिएन दिल,सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेलः अधुरो सपना–२,सर्वोत्कृष्ट भिडियो निर्देशक, प्रकाश धितालः गन्र्दव बाहुन,सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठः आउ आउ बोलको गीतबाट अवार्ड पाउन सफल भएका थिए ।
त्यसैक्रमा सर्वोत्कृष्ट छायाँकार, उत्सव दाहालः आमा ए आमा,सर्वोत्कृष्ट सम्पादक, राजेश कुमारः सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शर्माः मनमा पर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखीः भुल्नै गाह्रो भो वाट अवार्ड पाएका थिए भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठः सानै छु भेना, सर्वोत्कृष्ट दोहोरी मोडल महिला,सुजिना गोलेः दर्पण बनाई हेर्छु, सर्वोत्कृष्ट नवमोडल पुरुष, कुन्दन गुप्ताः हामी छुट्ने दिन तथा सर्वोत्कृष्ट नवमोडल महिला,निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ ले अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार,सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठः कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्यः नाप च्वने मदुसां बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झाः मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जनः मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)ले अवार्ड प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सीः आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजीः ए ईजु गैग्यो परान बाट पाएका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल), प्रतिक्षा लिम्बुः छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड प्राप्त गरिन् भने सर्वोत्कृष्ट लोक÷पप गीतकार (जुरी), डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्यः चुपचाप, सर्वोत्कृष्ट लोक÷आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुलीः सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोक÷पप गायन (जुरी), अर्जुन खरेलः दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी)ः निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट युगल गायन (पब्लिक च्वाईस) रुद्र शेखर शर्मा ः के होला भोली, सर्वोत्कृष्ट ,मैथली गीत (जुरी), डा.पूनम सिन्हाः मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिएको थियो ।
Photo Link: https://www.facebook.com/media/set/?set=a.1293453729261432&type=3
काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समीक्षा अधिकारीको जुगलन्दीमा गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण उक्त गीतमा गीतमा मजगैयाँले आफैले सङ्गीत भरेका छन् ।
गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् । समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् ।
गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।
गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे ।
काठमाण्डौ – क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको र आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो । सिनेमालाई महाशिवरात्रीको पूर्वसन्ध्या पारेर रिलिज गर्न लागिएको हो ।
सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको यस गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन् । उनले स्वर भरेका ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छन् । त्यसले आज रिलिज हुने ‘ताण्डवम्’को गीतलाई पनि फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।
सिनेमामा सिनेमामापुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
काठमाण्डौ – केरकार पारीमा अन्जना बराइलीको अभिनय गायक साइराज खातीले नयाँ गीत मेटँ भन्छु केरकार पारीु ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्। आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती मेरो भ्वाइस युनिभर्सुका फोर्थ रनरअप हुन्। प्रसाद, पुजार सार्की जस्ता चलचित्रमा संगीत गरेका सुबास भुषालले यस गीतलाई संगीत गरेका छन् भने विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।
देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरु क्रमश चिसिँदै यथार्थलाई दृष्य कथा मार्फत् भन्न खोजिएको छ, जसमा अहिलेकी निकै व्यस्त नायिका अन्जना बराइलीको अभिनय रहेको छ। अभिनेत्री बराइलीलाई साथ दिएका छन् गीतकार तथा कलाकार सुरेन्द्र दियालीले। विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेको हुन् । गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।