Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रहरी चढेको बस आन्दोलनकारीद्वारा तोडफोड

Friday, June 16, 2017 National Power

२ असार, लहान – संविधान संशोधनको मुख्य मागसहित चार दिने आमहडताल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले शुक्रबार बिहान सिरहाको गोलबजारमा प्रहरी चढेको बस तोडफोड गरेका छन्। प्रहरी चढेको ना.४ख १४४० नम्बरको डिलक्स बस पश्चिमबाट सुनसरीतिर आउँदै गरेको समयमा बिहान सवा ८ बजेतिर गोलबजारको मुख्य चोकदेखि करिब सय मिटर पूर्वतिर राजपा कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका हुन्। आन्दोलनकारीको ढुंगा लागेर बसको अघिल्लो भागको सिसा पूरै फुटेको छ। ढुंगा हान्नेमध्ये एकजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।