Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

स्थानीय तहको चुनावमा अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च

Monday, June 5, 2017 National Power

२२ जेठ, काठमाडौं – स्थानीय तहको चुनावका लागि अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा आइतबारसम्म चार अर्ब ७३ करोड ४१ लाख ८५ हजार ६७९ रुपैयाँ खर्च भएको विवरण प्राप्त भएको छ ।
वैशाख मसान्तसम्ममा तीन अर्ब १६ करोड, ३३ लाख ५५ हजार रुपैयाँ खर्च गरेको आयोगले त्यसपछि जेठ २१ गतेसम्ममा थप एक अर्ब ५७ करोड आठ लाख ३० हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई एक अर्ब २७ करोड २५ लाख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई दुई अर्ब ६० करोड, २७ लाख ५३ हजार, क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई ४२ लाख ५० हजार, गृह मन्त्रालयलाई एक करोड २७ लाख ४५ हजार रुपैयाँ निकासा भइसकेको आयोगले जनाएको छ ।
यो अवधिमा आयोगको खर्च ८४ करोड, ४१ लाख ७५ हजार रुपैयाँ भएको छ । मतपेटिका, मतपत्र छपाइसहितका केही सामग्रीको भुक्तानी गर्न भने बाँकी रहेको जनाइएको छ ।
सरकारले स्थानीय तहको चुनावका लागि आयोगलाई १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १ सय ६८ रुपैयाँ उपलब्ध गराएको छ ।