Wednesday 24th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो

Thursday, September 18, 2025 National Power

काठमाडौँ – बलिउड अभिनेता वर्धन पुरीले नेपालको वर्तमान राजनीतिक अस्थिरताका कारण आफ्नो आगामी फिल्मको छायाङ्कन तालिका स्थगित भएको बताएका छन्। उनले अक्टोबर १ देखि नेपालमा छायाङ्कन सुरु गर्ने तयारी गरेका थिए।

वर्धनले गत वर्षको जुलाई २०२४ मा नेपाल भ्रमण गरेका थिए। ‘सन् २०२४ मा मेरो नेपाल यात्रा निकै रमाइलो थियो। मैले संसारभर यात्रा गरेको छु, तर यो मेरो सबैभन्दा अविस्मरणीय यात्रा मध्ये एक थियो,’ उनले भने। नेपालका मानिसहरू दयालु र स्वागतयोग्य रहेको बताउँदै उनले अहिले त्यहाँ भइरहेका घटनाक्रम देखेर आफू दुःखी भएको बताएका छन्।

काम र फुर्सद दुवैका लागि नेपाल आएका वर्धनलाई नेपाली मूलकी अभिनेत्री मनिषा कोइरालाले आमन्त्रण गरेकी थिइन्। ‘उहाँ एक उत्कृष्ट आयोजक हुनुहुन्थ्यो। नेपालमा उहाँले अपार माया पाउनुहुन्छ, उहाँलाई’नेपालकी छोरी’ भनिन्छ,’ वर्धनले स्मरण गरे। पुरी अमरिस पुरीका नाती हुन् ।