Thursday 16th May 2024

    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान

दुई वर्षको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण

Monday, August 7, 2023 National Power

काठमाडौँ -भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष २०७९  र २०८० सालको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण गरेको छ ।आइतबार राजधानीमा आयोजित एक समाराेहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा ०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहले प्राप्त गरे ।

यसैगरी विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार प्राप्त गर्दा विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार दिइयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कलाकार संकाे अध्यक्ष माेहन निराैला, वरिष्ठ अभिनेत्री चैते देवीलगायका उपस्थिति कार्यक्रममा रहेको थियो । वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य वसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति, रंगमञ्च, गीतसंगीत र साहित्यका सर्जक, श्रष्टालाई उनीहरुको योगदानको आधारमा पुरस्कारबाट सम्मान गर्दै आएका छ । पुरस्कारको राशि जनही ५१०००/– (एकाउन्न हजार) रहेको छ । फाउण्डेसनकाे अध्यक्ष अभिनेत्री भुवन थापा चन्द रहेकी छन् ।