Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

युवा व्यवसायी श्यामकुमार घिमिरे सम्मानित

Sunday, May 12, 2024 Devil Singh Rajput

काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव, समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर०, जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममाझ सम्मानित हुनुभएको हो । कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो।

सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव , काठमाडौँ जेसिजको महासचिव,नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ ।
सम्मानप्रति आभार व्यक्त गर्दै घिमिरेले दुधजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताउनुभयो। डेरीजन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प घिमिरेले गर्नुभएको छ।