Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विजय लामा बने कुलमान, जनार्दनको भूमिकामा राजेश हमाल (भिडियोसहित)

Friday, April 21, 2017 National Power

७ वैशाख, काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि गरेको प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ ।

अभिमन्यु निरवीको यो कथामा सरोज ओलीले निर्देशित गरेको छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । प्राधिकरणका चर्चित पात्र विजय लामा कुलमानको भूमिका र राजेश हमाल बहालावाला ऊर्जामन्त्री जनार्दन शर्माको भूमिकामा देखिएकाछन् । निर्देशक ओलीले प्राधिकरणका विगतका बेथितिलाई गहिरो अध्ययन गरेर नै फिल्ममा उतारिएको बताए ।

फिल्ममा राजेश हमाल, विनोद राई, अर्जुन श्रेष्ठ, विजय लामासँगै गौरी मल्ल, निर्मल शर्मा, नम्रता सापकोटा, केशव भट्टराई, रबि शर्मा, विष्णु बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन्।