Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

ज्योती प्रकाशको संगीत र शान्तिप्रियको निर्देशनमा “बोल देउता बोल” भन्दै आए माधव खरेल

Friday, April 16, 2021 National Power

काठमाण्डौ – सामाजिक सचेतनाको बुलन्द आवाज बोकेको सन्देशमुलक गीत ”बोल देउता बोल” सार्वजनिक भएको छ । प्राज्ञ ज्योती प्रकाशको स्वर तथा संगीत रहेको उक्त गीतलाई चन्द्र भट्टचनले लेखेका हुन् ।
समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेद विरुद्ध आवाज बुलंद गरिएको गीतमा विषेशत एउटा मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरे पछि स्वयं मुर्तिकारलेनै त्यसलाई छुन वा पुजा गर्न नपाएपछिको पिडालाई सम्बोधन गरिएको छ ।
सामाजिक विकृति विरुद्ध आवाज उठान गर्ने उक्त गीतलाई बरिष्ठ संचारकर्मी एवं गीतकार शान्तिप्रियले निर्देशन गरेका छन् भने भिडियोमा चलचित्र निर्देशक माधव राज खरेलको अभिनय देख्न सकिन्छ । हुन त यस अधि खरेलले थुप्रै चलचित्रहरुमा फरक फरक भुमिकामा आफ्नो अभिनय क्षमता देखाई सकेका छन् । भिडियोमा खरेलका अलावा चर्चित गीतकार लोकराज अधिकारी, गीतकार एवं संचारकर्मी सुमन बैरागी, संचारकर्मी राजन थापालाई पनि देख्न सकिन्छ ।
गोविन्द अन्जानको छायांकन रहेको उक्त गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेर्डिङ स्टुडियो सुर संगीत रहेको छ । सामाजिक सचेतनाको लागी तैयार पारिएको गीत र भिडियोलाई दर्शक स्रोताहरुले मन पराउनेमा आफुहरु आशावादी रहेको यसका निर्देशक शान्तिप्रिय र संगीतकार एवं गायक ज्योती प्रकाशले बताएका छन् । भिडियोलाई ज्योती प्रकाश अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।