Friday 2nd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

Sunday, October 18, 2020 National Power

महिनौं पूर्ब कोरोना भाइरसले चीन तथा अमेरिकामा हजारौं मानिसको ज्यान लिएकै बेला विश्व स्वास्थय संगठनले नेपालमा पनि कोरोनाले भयावह स्थिति उत्पन्न गर्ने पटक(पटक चेतावनी दिएको थियो, त्यसै बेलादेखि कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने पर्याप्त साबधानी तथा अन्य तयारी गर्नुपर्ने थियो तर यसले निम्त्याउने बिनाशलाई कम आंकलन गर्दै हल्का रूपमा लिइयो । कोरोना भाइरस संक्रमणको चपेटामा परेका मुलुकहरुबाट स्वदेश फर्कनेहरुको ठुलो संख्यालाई स्वास्थय परिक्षण गरेर गैर सन्क्रमित लाई मात्र गाउँघर पस्ने ब्यबस्था मिलाउनु पर्ने थियो । यथेष्ट तथा ब्यवस्थित क्वारेन्टाइनको कमि का कारण जथाभावी किसिमबाट हुलका हुल सर्बसाधारण संक्रमण फैलिरहेको मुलुकबाट स्वदेश फर्केर सरासर गाउँघर पसे जसको परिणाम अहिले डरलाग्दो रुपमा देशभरी देखिइरहेको छ । शुरुमा कोरोना परिक्षण गर्ने उपकरणको खरिदमै भ्रष्टाचार भएको सार्वजनिक भएपछि उपकरण खरिदको प्रक्रिया लम्बियो भने त्यसपछि परिक्षण को नतिजामा प्रश्न चिन्ह लगाउने उपकरण खरिद गरिएको आदि विवादमा समय खेर जादा झनै अलमल भयो।

कोरोना महामारीको संक्रमणले देशलाई अकल्पनीय संकटमा पारिसकेको आपतकालीन अवस्थामा समेत जनताको अभिभावक भनेको सरकार तथा राजनीतिक नेतृत्व सत्ता ढालने र जोगाउने खेलमा केन्दृत रहेको दुर्भाग्यपूर्ण परिदृस्य देखा पर्यो१सत्तारुढ दलभित्र यस नाटकको पटाक्षेप अझै पूर्णरूपमा भैसकेको छैन१यश राजनीतिक दाउपेचमा सत्तारुढ दलकै नेतृत्व अल्मलिदा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न जेजसरी प्रभावकारी रूपमा सरकारी संयन्त्र सक्रिय हुनुपर्ने हो त्यसरी नभएर अनेक कमजोरी एवं कोरोना परिक्षण तथा उपचारका उपकरण खरिदमा बिचौलियाहरुलको चलखेल हुनु अस्वभाविक होईन ।

महँगो गाडी खरिद गर्न विभिन्न मन्त्रालय तथा आयोगमा बजेट समायोजन गर्न होडबाजी हुनु तर भेन्टिलेटरका लागि समयमै बजेटको ब्यबस्था गरि आपूर्ति गर्नेतर्फ ध्यान नजानु गैरजिम्मेवारी को पराकाष्ठा नै हो१कोरोना भाइरसले बुधबार सम्म १३७ जनाको ज्यान लिसकेको छ भने ३०४८३ संक्रमीत छन।सन्क्रमित मध्ये भेन्टिलेटरको अभावमा कसैको ज्यान नजाओस् भन्नेतर्फ सरकार चनाखो हुनु अहिलेको पहिलो आवस्यकता हो ।

काठमाडौं उपत्यका कोरोना संक्रमणको “हट स्पट” बन्ने खतरातर्फ पहिलेनै विज्ञहरुले औल्याए अनुसार अहिले संक्रमण दिनप्रतिदिन बढिरहेको छ १काठमाडौं महानगरका टोलै पिच्छे सन्क्रमित देखिएका छन । आइसोलेसन बेडको अभावमा सन्क्रमितहरु घर तथा टोलटोलमा बस्न बाध्य भएका छन १उपत्यकामा तत्काल १०००० सैयाको आइसोलेसन केन्द्र बनाउन सम्बन्धित निकायले नै सिफारिस गरेका छन । उपत्यकामा आइसोलेसन सैया ६०० मात्र छन जो कि अत्यन्त न्यून हो ११०००० सैयाको आइसोलेसन केन्द्र निर्माणको प्रक्रिया अत्यन्त सुस्त गतिमा हुदा आगामी दिनहरु झनै जोखिमपूर्ण बन्ने देखिन्छ  । यसतर्फ युद्धस्तरमा कार्य अघि बढाउन सम्बन्धित निकायहरु तात्नु पर्छ ।

_ लेखक : डा.डिआर.उपाध्याय