Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भक्तपुरको जगातीमा कपडा बैंकको स्थापना

Sunday, August 11, 2019 National Power

२६ , साउन / काभ्रेपलान्चोक – भक्तपुर स्थित श्री बालसेवा आधारभूत विद्यालय, हनुमानघाटको परोपकार संस्था प्राङ्गणमा ज्ञण्ण्क ग्रुपको सिद्धान्तलाई सर्मथन गर्दै फ्यूजन नेपाल र पद्मम ज्योति फाउन्डेसनको सहकार्यमा कपडा बैंकको उद्घाटन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द खाईजुको प्रमुख आतिथ्यमा कपडा बैंकको उद्घाटन भएको हो । कार्यक्रममा फ्युजन नेपालकी अध्यक्ष लक्ष्मी गौतम, नेपाल मेघा कलेजका सोसियल वर्कका प्रमुख सबिन लामिछाने, फ्युजन नेपालका सदस्य तथा नव गायक आशिश डांगी र लोक तथा दोहोरी गायक एंव संचारकर्मी गायक शरण हुमागाई साथै काभे्र प्रवाह साप्ताहिकका नवराज हुमागाईको पनि उपस्थिती थियो ।

कपडा बैकबाट आफूलाई चाहिएको कपडा लैजान सकिने आफूलाई नचाहिएको तर प्रयोगमा आउने कपडा लगायतका सामानहरु छोडन सकिनेछ । कपडा ¥याक स्कुल प्रङगणमा रहेको छ । कपडा दिन र लिन इच्छुक व्यक्तिले स्कुल समयमा आउन सक्नेछन् । फ्युजन नेपालकी अध्यक्ष गौतमले यस्तो कपडा बैङक अरु ठाउँमा पनि राख्न पाए सबै मानिसलाई सेवा र सामाजिक काममा प्रेरित गर्न सकिने भएकोले यो काममा सबैले सहयोग पु¥याउन अनुरोध गरिन । स्कुलका अध्यक्षले स्वागत मन्तब्य राख्दै सुरु भएको सो कार्यक्रममा गायक आशिश डांगीको साङगितिक प्रस्तुती एवम अतिथिहरुले आफ्नो विचार व्यत्त गरेका थिए