Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायक तथा मोडल जय देवकोटाको बर्खा-२ बजारमा

Thursday, July 25, 2019 National Power

काठमाण्डौं-गित संगीतमा छुट्टै परिचय बनाएका युवा गायक तथा मोडल जय देवकोटाको नयाँ गित बर्खा-२ सार्वजनिक भएको छ । अहिलेकि चर्चित गायिका शान्ति श्री परियार र जय देवकोटाको स्वर रहेको उक्त गितको लय तथा शब्द पनि जय देवकोटा स्वयं कै रहेको छ ।

स्टुडियो तरङ डिजिटल मार्फत रेकर्डिंग गरिएको बर्खा-२ मा रमा थपलिया, जय देवकोटा, काजल, बाल कलाकारहरुमा मिनी मोडेल वल्ड-२०१९ प्रिन्सा खड्का र अभिनव केसिले अभिनय गरेका छन् । मदन खड्काले डिरेक्सन गरेको उक्त भिडियोको सिनेमाटोग्राफी बिरेन्द्र भट्टले गरेका हुन भने एडिटिंग अनिल रानाले गरेका छन् ।

गाउँले जीवनको जीवन्ततालाई उतार्न खोजिएको उक्त म्युजिक भिडियोमा सानोमा आमाले साहुको घरमा काम गरेर आफ्ना छोरा छोरी हुर्काउछिन, गरिबीले राम्रो खाना राम्रो लाउन पाएका हुँदैनन । साहुले घरमा दिएको खाना आमाले घरमा लगेर छोराछोरीलाई खुवाउछिन । तर छोराछोरी पछि गएर जेहेन्दार हुन्छन् र भन्छन आमा अब हामी ठुला भैसक्यौँ १ अब हजुरले पिर लिनुपर्दैनु भन्ने संदेशमुलक कथा समेट्न खोजिएको छ ।

बाँकी भिडियोमा हेर्नुहोस: