Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बहसमा ‘क्लिन फिड’: दादागिरी नठानियोस् साँचो सरकारलाई बझाउँछौं, हेर्नुस् को के भन्छन्

Wednesday, June 26, 2019 National Power

काठमाडौं – सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने बताएका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका छन् ।

ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदी –राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सर–सल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए । उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’

उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे । उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुने पनि जिकिर गरे । उक्त विद्येयकका बारेमा छलफल गर्नको लागि विभागीय मन्त्रीसँग भेट्न खोज्दा भेट नै नदिईएको पनि उनले गुनासो पोखे । सुवेदीले थपे,‘मन्त्रीसँग दोहोरो कुरा गर्ने मन छ ।’सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उनको भनाई छ । ‘सरकारले के गर्न चाहेको हो भन्ने कुरा नै क्लियर छैन’–उनले प्रश्न गरे ।

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्य –क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको उनले बताए । क्लिन फिड लागू भए नेपाली च्यानल मात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने, ‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’ उनले समस्या समाधानको लागि सम्वाद गर्नुपर्ने सरकारसामू आग्रह गरे । आचार्यले आफूहरु क्लिन फिडको विरोधी नभएको जिकिर गरे । उनले भने,‘यसरी हुँदैन्, बरु सोलुशन खोजौं ।’ व्यापार गर्न नसके आफूहरुले बन्द गर्ने पनि उनले चेतावनी दिए ।

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुली विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐन–अन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे । उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे ।

उनले आफूहरुको बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे । उनले आफूहरुको ‘अपरेशन कष्ट’ नउठे बन्द गर्ने स्पष्ट पारे । क्लिन फिड लागु भए नेपालका मिडिया नै मर्ने अवस्था रहेको उनले खतरा औंल्याए । उनले संसारभरि अन्त कतैपनि क्लिन फिड लागु नभएको जिकिर गरे ।

कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्मा– क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए । उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे । तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो । उनले भने,‘यी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं । अरु केही पनि होईन ।’ कतिपय मिडियाले आफूहरुको उक्त रिहर्सललाई दादागिरीको संज्ञा दिएपनि बास्तविकतामा त्यस्तो नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘क्लिन फिड लागु नै गर्नुहुँदैन भनेर हामीले भनेका होइनौं । तर, डायलग गरौं ।’