
अध्यक्ष
विशेष स्कुल तथा नस्र्थापना केन्द्र (SSDRC)
२०७५ चैत्र १९ गते मङ्गलबार, विश्व अटिजम सचेतना दिवस हो । हरेक वर्षको अप्रिल २ तारिकका दिन विश्वभरी नै विभिन्न सचेतनाको काम गर्दै मनाउने गरिन्छ । यहि दिनमा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रले पनि हरेक वर्षको अप्रिल २ तारिकका दिन अटिजम सचेतना तथा अभिभावक दिवशको रूपमा बनाउने गरेको छ । अटिजम बारे बुझैं, अरूलाई पनि बुझाऔं, सचेतना बढाऔं भन्ने यस वर्षको मूख्यनारा लिएर घोषण गरेका छौं ।
अटिजम भएका बालबालिकाहरूको लागि आवश्यक थेरापी सहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनचेतनाको अभावका कारण अटिजम भएका बालबालिकाहरू शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको अवस्था छ । समाजमा अटिजम सचेतना कार्यक्रम सञ्चालन गर्दै विधागत विज्ञहरूको परामर्श लिई उनीहरूको समस्या र चुनौतीको पहिचान गरी सो अनुसारको शिक्षा र स्वास्थ्य सेवा पु¥याउन आवश्यक छ । अटिजम भएका बालबालिकाहरूको फरक क्षमता र बौद्धिक अवस्था अनुसारको शिक्षाको व्यवस्था नहुँदा उनीहरूको जीवन निकै कष्टकर बनेको छ ।
मुलधारका विद्यालयहरूमा अटिजम भएका बालबालिकाहरूको लागि आवश्यक पर्ने खालको शिक्षा र स्वास्थ्य सेवा सम्भव नहुने भएका कारण यस प्रकारका बालबालिकाहरूको शिक्षाको लागि विशेष विद्यालयमा नै उपलब्ध गराउन आवश्यक हुन्छ । समाजमा अटिजम सचेतना फैलाउँदै अरू व्यक्ति सरह हकअधिकार स्थापित गरी अटिजम भएका बालबालिकाहरूलाई आवश्यक वातावरण, शिक्षा, बिभिन्न थेरापी, सीपमूलक तालिमद्वारा शारीरिक तथा बौद्धिक रूपले सवल, सक्षम र आत्मनिर्भर बनाउँदै समाजमा पुनस्र्थापना गर्न सहयोग गर्नु नै यस संस्थाको मुख्य अभियान हो ।।
अटिजम परिचय
मस्तिष्क र स्नायू कोषहरूको स्वभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्माकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायू कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुनगई सामाजिक क्रियाकलाप, सञ्चारसीप र दोहो¥याएर गर्ने व्यवहारमा असर पुग्दछ । जसले गर्दा सञ्चार गर्न कठिनाई, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति -Repetitive Behavior. एकोहोरोपन देखा पर्दछ । इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति फरक प्रतिक्रिया र व्यवहार देखाउँछन् ।
अटिजम कुनै रोग होइन । बौद्धिक अपाङ्गता पनि होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य व्यवहारको रूपमा देखा पर्दछ । जसलाई अङ्ग्रेजीमा Neurol Development Disorder भनिन्छ । अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धानहरू भैरहेका छन् । तर, कारण र निर्मुल गर्ने उपाय अझैै पत्ता लाग्न सकेको छैन ।
विश्वभर अटिजमले कति मानिसलाई असर ग¥यो भन्ने फरक–फरक अध्ययनको ठम्याई पनि फरक–फरक नै देखिन्छ । . CDC को प्रतिवेदन अनुसार हरेक ५९ जना मध्ये एक जनालाई अटिजम हुने, छोरीहरूलाई भन्दा छोराहरूलाई ४÷५ गुणा बढी असर गर्ने गरेको, अटिजम भएका व्यक्तिका दाजुभाइ दिदीबहिनीहरूमा अन्य व्यक्ति भन्दा पच्चीस गुणा बढी अटिजम हुनसक्ने कुरा तथ्याङ्कले उल्लेख गरेको छ । यसबाट संसारका धेरै मानिसहरूमा अटिजम छ भन्ने आङ्कलन गर्न सकिन्छ ।
अटिजम भएका केही व्यक्तिहरूमा बौद्धिक क्षमता तिक्ष्ण रहेको पाइएको छ भने केहीमा बौद्धिक अपाङ्गता रहेको पाइन्छ । अटिजम हरेक व्यक्तिहरूमा अलग–अलग किसिमका लक्षणहरू देखिन्छन् त्यसैले यसलाई Autism Spectrum Disorder (ASD) भनिन्छ । अटिजम जीवनभर रहिरहन्छ । तर विभिन्न थेरापीहरू, विशेष शिक्षा, हेरचाहका एवं तालिमहरूबाट उनीहरूको जीवनमा सकारात्मक परिवर्तन भई केही हदसम्म आत्मनिर्भर हुनसक्छन् । तर धेरै बालबालिकाहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालय नै व्यस्थापन गर्नुपर्दछ । के कारणले मस्तिष्कमा स्नायु कोषहरूमा विचलन हुन्छ ? कस्ता किसिमका जैविक परिवर्तनले अटिजम हुने खतरा बढाउँछन् ? पहिचान हुन सकेको छैन । अस्वस्थकर र मिसावटयुक्त खाना, रोगको सङ्क्रमण, डिजेलको धुवाँ, प्लाष्टिकका सामाग्रीहरूको प्रयोग, विषदीयुक्त खाना, धुम्रपान, मदिरापान, लागुऔषधको प्रयोग, खोप र जन्मपूर्व आमामा हुने तनावबाट अटिजम हुनसक्छ भन्ने शङ्का गरिएतापनि प्रमाणित भएको भने छैन । पारिवारीक आयस्रोत, शिक्षा र जीवन शैलीले अटिजमको जोखिमलाई असर पारेको देखिँदैन ।
अटिजमका लक्षणहरू
– आफ्ना उमेरका बालबालिकाहरूसँग खेल्न नरुचाउने ।
-असान्दर्भिक हँसाइ तथा रुवाई ।
-आँखामा आँखा जुदाउँन नसक्ने ।
-घाउचोट तथा दुःखाईप्रति वास्ता नगर्ने ।
– एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने ।
-सामानहरू घुमाइरहने तथा अँगालो हालेको मन नपाराउने ।
-बोलाउँदा नबोल्ने, साथै नसुनेको जस्तो भैदिने ।
-आफ्नो आवश्यकताको सामान औंलाले नदेखाउने वा ठूलो मानिसको हात समातेर देखाउने, -शब्दको प्रयोग नगर्ने ।
-कल्पना गरेर खेल नखेल्ने वा दोहो¥याएर एउटै खेल खेलिरहने
-शब्द वा वाक्य दोहो¥याउने । (जस्तैः तिम्रो नाम के हो भन्दा तिम्रो नाम के हो नै भन्ने)
-खतरा नबुझ्ने साथै डर नहुने ।
-सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने ।
-हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउन