Thursday 1st January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

समाजको परिवर्तनमा लोक गित ठुलो भुमिका रहेको हुन्छ ; गायक बिक्रम गौतम

Tuesday, March 26, 2019 National Power

१२ , चैत / बनेपा – काभ्रेपलान्चोक जिल्लाको कोसिपारि चौरि देउराली गाउँपालिका माझीफेदामा बुबा बिक्रम गौतम माता खडान्द गौतम इन्द्र माया गौतमको छोरा हुन बिक्रम गौतम नम्बर ३ काफ्ले बाहुन टोलमा २०४९/९/९ गते जन्म भएको गौतमको परिवारमा तीन दाजु भाईमा माईलो उनि कलाकारिता क्षेत्रमा आएका छ्न । श्री किरणोदय आधारभुत विधालयमा कक्षा ७ सम्म पढे त्यस पछि माविको लागि खाँडादेवि उच्च मावि कक्षा ८ ९ पढेका थिए भने कक्षा १० श्री बुद्ध हिमालय बाट एस एल सि पास गरेका थिए ।

गाउँ बाट एस एल सि सकेर सहर छिरे उनी २०६८ मा कक्षा ११ काठमाडौंको हिमालय कलेज पढे तर महिनामा ५०० फि नभएर २ महिना पछि कलेज छोडे तर पनि हिमत हारेन्न फेरि गाउँमा खाँडादेवि उच्च मावि बाट १२ सके जब वनेपामा काभ्रे कलेजमा आएर उनले स्नातक सुरू गरे अनि जिन्दगीमा केही खुसीको दिनको महसुस गर्न पाएका थियो । कहिले विहान कलेज जान्थे दिउँसो फर्निचरमा सोफा बनाउने काम गर्थे एक छाक खाएर काम गरिरहेका हुन्थे गाउँमा आमा बुबालाई पनि थाहा थिएन ।

सानै देखि गित सँगितमा रूचि हुन्थे कसैको विहे पुजा आज जति टाढा भए पनि जात्रा तिर धेरै हिड्ने रमाइलो गर्ने गाउने र नाच्ने गर्द थिए । जाहा पनि गएर मादल बजाउने भएकाले अलि अलि जानेको भएर गाउँमा अलि धेरै माग उसको नै हुन्थ्यो सबै सँगै छिटो घुलमिल गर्ने उनको विषेश राम्रो पक्ष थियो । विधालयमा नै कार्यक्रम चलाउने नाटकमा भाग लिने दोहोरि कार्यक्रममा सहभागी हुन्थे । कसै सँग पनि नराम्रा व्यबहार कहिले भएनन आज पनि आफुले पढ्ने विधालयमा आफुले पढ्ने बेलाको कुराहरू याद आउँछ । गित सँगित भनेको नसा जस्तो हो । नेपाली लोक गित लाई कसैले अलि केही नराम्रो कुरा गरेको भनेको सुने भने सारै मन दुखित हुन्थे तब मलाई थाहा भयो यो एउटा नसा हो भनेर प्रस्तुत छ अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिकका लागी गायक
बिक्रम गौतमसँग गरेको रमाइलो कुराकानी ,

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
म आज भोलि मेरो नयाँ गितहरुको काममा अलि ब्यस्त छु नयाँ गित आउने क्रममा छ साथै मेरो सर्ट मुभी पनि आइरहेको छ । नयाँ सिरियलमा अलि समय दिनुपर्ने भएर काम रोकिएको छ अब छिटै आउने छ प्रतीक्षा गर्नुहोला ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
मेरो सुरूको दिनहरू निकै कारुनिक थियो कतै खुसि पनि थियो कतै दुखि , जता पनि पैसा अगाडि चाहिने नत्र हरेक काम नहुने सबै पैसाकै कारण गित बजारमा आउन भएकाले गर्‍यो भयो । २०७९ तिर मेरो जिन्दगीमा कालो दिन आयो एकासि सरिरमा केही समस्याको करण ३५ दिन हस्पिटलमा बसे मृत्यु सँग लढेर तर भगवानले हात थापेर होला मैले नयाँ जीवन पाए नत्र आज म यो दुनियाँमा हुदिन थिए होला । आज भगवान कै कारण यो दुनियाँमा यो जिन्दि चलिरहेको छ । यो घटनाको पछि कलेज पढ्ने समयमा मलाई गित रेकर्डिङ गर्नु पर्छ भनेर विशाल वि।कले मलाई भेट्न काठमाडौं देखि बनेपा आउनु भएको थियोे । अनि मेरो आवज सुन्नु भयो र रेकर्डिङ गरौ भन्ने कुरा आयो तर समस्या अर्थिकको थियोे पैसा थिएन मेरो उपचारमा लागेको ऋण थियोे तर पनि मैले सोचिरहेको थिए गाउँने मन त छ तर पैसा छैन भने तर मेरो परिवारलाई यो कुरा राखे परिवारले मरेर बाँचेको छोरो जे भन्छौ तिम्रो ईच्छा पूरा गदिन्छौं भन्नू भयो र फेरि गाउँमा ऋण लिएर मलाई ३०००० हजार पठाउनु भयो पछि साउलाई आफ्नो घरको भैंसी बेचेर पछि तिरे अन्तिममा २०७० मा पहिलो जिन्दगीको पहिलो गित रेकर्डिङ गरेको थिए ।

० लोक गित के हो ?
लोक गित भनेको समाजको एेना हो । जसले समाजको परिवर्तनमा आफ्नो ठुलो भुमिका रहेको हुन्छ । हामीलाई भरखरै पशुपति शर्माको लोक गितले जसरि सिङ्गो राष्ट्रको समस्या लाई सबैको दिमागमा जुन कुरा पुग्यो उदाहरण यहीँ हो लोक गित समाजको ऐना हो जस्तो लाक्छ मलाई

० अहिलेसम्म कति गीत गाउनुभयो ?
नेपाली साँगिति क्षेत्रमा अहिलेसम्म मैले आवज भरेको गितहरू सबैभन्दा पहिलो एल्ब नसा नसामा दोस्रो यो झिल्के को बानि पछि दसैं तिहार आउदा बोलको आदि मेरो गित हुन । मेरो गितहरमा अन्य साथिहरूले पनि आवाज भरेका छन् ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म धेरै काठे क्षेत्रको लोक दोहोरी गित बढि गाउछु । लोक दोहोरीमा पनि रोमान्टिक खाल्को अलि बढि गाउछु । तर म सबै बिधामा गाउन सक्छु ।

० घरपरिवारको सपोट कति को छ ?
सपोट छ , मैले सबैको साथ पाएको छु माया पाएको छु साथमा मैले अहिलेसम्म धेरै जस्तो मेरो गाउका साथीहरू दाजु भाईहरू सबैले साथ दिनुभएको छ मेरो परिवाको साथ नपाएको भए यो क्षेत्रमा म हुने थिइन ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
गायन बाट सन्तुष्ट छु किनकि म गाउने मात्र होईन कार्यक्रम प्रस्तोता पनि हो त्यसैले मलाई त्यति असजिलो छैन खुसि छु कार्यक्रमहरू धेरै पाईरहेको छु म धेरै सन्तुष्ट छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
गायन बाट बाँच्न सकिन्छ तर मेहनत चाहिन्छ । सधैं त म भन्न सक्दिन केही हद सम्म सकिन्छ जस्तो लागिरहेको छ मलाई त बचाएको नै छ भन्छु पहिलाको तुलनामा राम्रो छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
मेरो जिन्दगीमा प्रेरणा खासै कोहि बाट त्यति भएन म सानै देखि गाउन सोखिन थिए मेरो कुनै पनि पुस्तामा कोहिपनि हुनुहुन गाउने म मात्र हो यो कारणले सबैको साथ पाएको भएर मेरो परिवार र मलाई पढाउने शिक्षकहरू लाई लिन्छु पहिलो चोटि एउटा गाउँको ल्होछार कार्यक्रममा गित गाएको थिए सबैले राम्रो छ भन्नू भयो त्यहीँ दिन बाट मेरो प्रेरणा दर्सकहरू बाट पाए ।

० कस्तो गायक बन्न मन छ ?
मलाई सबै दर्शक श्रोताहरुको मन मुटुमा बस्न सक्ने सबैको लोकप्रिय र आफ्नो देशको नाम बिश्वसामु चिनाउन सक्ने खालको बन्न मन छ साथै देशमा साँगिति क्षेत्रबाट केही परिवर्तन ल्याउनु छ ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
देशमा घटिरहेको घट्न , आवज बिहिनहरुको आवाज लिएर गित निर्माण हुनु पर्छ तर आज भोलि गित सँगितमा धेरै विकृती आएको छ ।

० अन्तमा ?
सम्पूर्ण दर्शक स्रोताहरुलाई मलाई माया गरिदिनुहोला मेरो कामको मुल्यांकन गरिदिनुहोला हजुरहरुको साथ र सहयोगको आवाश्यकता छ भन्न चाहन्छु साथै तपाई तथा तपाईंको मिडियाले मलाई यस्तो मौका दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु ।