Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाली पत्रकारितामा जिम्मेवारीका सवाल

Saturday, November 17, 2018 National Power

बनेपा – देशको सर्वाङ्गीण विकासमा प्रेस जगतको अतुलनीय भुमिका रहेको हुन्छ । जनमानसलाई सुसुचीत गर्ने तथा सत्य तथ्य र प्रत्यक्ष समाचार संप्रेषण गरि जागरुक वनाउने कार्यपनि प्रेस र पत्रकारितामै निर्भर रहेको वास्तविकतालाई हामी भुल्न सक्दैनौंवास्तवमा पत्रकारीता मानवसमाजको भित्री आँखा हो, जसले सामाजिक मार्गनिर्देशनको पुरा जिम्मा पाएको हुन्छ ।

त्यसैकारणले पनि पत्रकारीतालाई राज्यको चौथो अङ्गको रुपमा लिईन्छ । सुचनाप्रविधीको विकाससंगै पत्रकारीता र सञ्चारको क्षेत्रले विश्वको विशाल भुभागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ । संसारको कुनैपनि क्रियाकलाप हामी तत्कालै देख्न, सुन्न, बुझ्न पाउने भएका छौं । पत्रकारीता र सुचना सम्प्रेषणमा यस कार्यले मानवको जिवनस्तरमा समेत ठुलो हलचल पैदा गराईदिएको छ ।

यसरि विभिन्न तरीकावाट निरन्तर सुचना प्रवाह गरि जनमानसलाई जिवन्त तुल्याएको आम संचार र पत्रकारीतालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रुपमा लिन सकिन्छ ।यद्यपी सवै सञ्चारमाध्यमहरू निष्पक्ष, सत्यपरक यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित देखिदैनन् । पत्रकारिताको परिभाषा, मान्यता, सिद्धान्त र जिम्मेवारिप्रति वफादार रहेर कार्य गर्ने सञ्चारमाध्यमको आजकल खडेरि नै लागेको देखिन्छ ।

पत्रकारीता आफैमा सुचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निस्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउंछ । दुई विशाल र विकसित छिमेकी देशहरुको विचमा रहेको अल्पविकसित मुलुक नेपालमा प्रेस र पत्रकारिताको भुमीका झनै महत्वपुर्ण रहिआएको छ । तर कतिपय अवस्थामा प्रेसको भुमीका विवादास्पद भने नभएको होइन ।

अझै पत्रकारिताको खोल ओढेर अपराधलाइ प्रश्रय दिईरहेका खवर सुन्नुपर्दा पत्रकारिताको मूलमर्म नै वदनाम भइरहेको अनुभव हरेक जनतालाई हुनु स्वाभाविकै हो ।यस्ता प्रवृत्ती विरूद्ध तत्काल प्रभावकारी कदम चाल्न नसक्दा कहिलेकाही पत्रकारीताका सवालमा अनेकौ प्रश्न चिन्ह खडा हुने गर्दछन्, पत्रकारिताले कैयन् अवस्थामा राष्ट्रियता, सामाजिक सद्भाव, र आफ्नो मर्यादालाई कायम राख्न न सकि जानी नजानी वाटो भुल्न पुगेको जस्तो आभाष गराउछ ।

यस्ता पक्षलाई शिघ्ररुपमा सुधार गराउनु पर्छ । तर पहिलेको तुलनामा नेपाली पत्रकारीता जगतको परिधी आजकल निकै फराकिलो भएको छ । युगौं देखिको मेहनत, लगन, र परिश्रमले नै यसले यति ठुलो फड्को मार्न सकेको हो, भन्ने कुरा कसैले भुल्न खोज्नु सरासर भुल हुन्छ । भनिन्छ, सुर्यको प्रकाशले दिन नसक्ने उज्यालो पत्रकारीताले सर्वत्र छर्न सक्छ । वास्तवमा यो सहजै अनुभव भएको कुरापनि हो । पत्रकारीताको परिभाषा र अर्थ आफैंमा स्वतन्त्र हुने भएकाले यस पेशामा संलग्नकर्ताहरुका लागी संसारको कुनै पनि भुभागमा निषेध गरिएको छैन र गर्नु पनि हुदैन । यि महत्वपुर्ण र सम्वेदनशील पक्षहरुलाइ सहि ढंगवाट कार्यान्वयन गर्न नसक्दा नेपाली पत्रकारीताले जस कम अपजस वढि कमाएको छ ।

यसो त कुनै भुल हुंदै हुंदैनन् गर्दै गर्दैनन् भन्न सकिन्न तर सानो मात्र गल्तिले पनि समाजमा ठुलो नोक्सानी पुर्याउन सक्ने भएकाले हरेक अवस्थामा सावधानी अपनाउनु सञ्चारकर्मीको जिम्मेवारि हुन आउंछ ।अर्को कुरा पत्रकारले सार्वजनीक सरोकारका विषयहरुप्रति मुकदर्शक वा एकपक्षीय वनेर वस्नुपनि नेपाली पत्रकारीता जगतको ठुलो गद्धारी र लज्जापन हो । यो हामी मध्ये कतिपयले भोगेकै कुरा पनि हो ।

यस्ता कमीकमजोरीलाई सामाजिक मुल्यमान्यता र पत्रकारीताका विधानको घेरामा सांधेर शुद्धिकरण गर्नु नितान्त आवश्यक छ । भौगोलीक अखण्डता र जातिय, सांस्कृतिक विविधताले सजिएको हाम्रो देश नेपाल शान्तिको लागी विश्वकै नमुना मानिन्थ्यो, अहिलेपनि मुलुकमा विकसित शान्ति प्रकृयापछि सो कुराले निरन्तरता पाउने नै छ भन्नेमा संपुर्ण नेपाली जनता अझैपनि विश्वस्त रहेका छन् । यसको लागी नेपाली प्रेसले निभाउनुपर्ने भुमीका अत्यन्त महत्वपुर्ण रहेको छ । संपुर्ण नागरीकलाई आफ्नो हक, अधिकार र स्वयं आफ्नो काम, कर्तव्यप्रतिको शिक्षा वोध गराउने जिम्मेवारि प्रेस जगतकै हो ।यसरि नै प्रेस र जनताविचको संवन्धले नङ्ग मासुको सम्वन्ध स्थापित गरेको छ ।

सदियौं देखि जनतालाई थिचोमिचोमा पारेर वसेको कहालीलाग्दो राणा शासनकाल होस्, फांसिष्ट निर्दलीय पञ्चायतकाल होस वा हालैमात्र नेपाली जनताद्धारा समुल नष्ट पारिएका निरकुंश राजवंश विरुद्धका अनेकौं लडाईमा नेपाली पत्रकारीताले विर्सन नसक्ने गुन लगाएको छ तर आजकाल पत्रकारीताका आडमा लुकेर केहि अराजक तत्वहरुले निन्दनीय धन्दागर्न, जनमानसमा भ्रमश्रृजना गर्न तथा नागरीक सचेतनामा वाधा पुर्‍याउने जस्ता कार्य गर्दै आएका छन् ।

अरबिन्द्र गौतम पावर न्युजका लागि बनेपा समाचारदाता हुन ।