Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गीत संगीत मेरो प्राण हो गायक: लामा

Thursday, August 23, 2018 National Power

दोलखा जिल्ला भी.न.पा. ८ जन्मनुभएको गायक बाबुराम लामा मुख्य तथा काठे लोक दोहोरी गायकको रुपमा छोटो समयमै 
चर्चामा आउन सफल गायकहरु मध्ये पर्नुहुन्छ। बुवा जगत ब. मोक्तान र आमा माईली घिसिङ्गको कोखवाटआजभन्दा ३५ साल
 अगाडि जन्मिएका हुन विभिन्न चाडपर्व मेला जात्रामा बुवाले गित गाएर हिडनुभाकै अवस्था र मेरो मन मस्तिस्कले गायनमा 
रुचि बढेको हो आफ्नो भन्ने कोहि नभएको कारण कति भोक भोकै हिडियो गाडीभाडा नभएर रातभरि हिड्नु पर्थ्यो ।
 आफन्तको कोठामा गएपनि खाना खान न पाएर आएको भन्थे । यस्तै यस्तै दुख झेल्दै थाङ्का आर्टले एक वर्ष जोरपाटी नयाँ 
बस्तीमा टिकायो । एक वर्ष आदरनिय दाई धावा वाङ्गेल (हाल नेपाल डम्फु संघ अध्यक्ष) कहाँ एक वर्ष धर्ज्यु लुङ्दा छापदैमा
 बित्यो उहाँसगै बस्दा दाइ धावा वाङ्गेल र मेरो मामा छेवाङ्ग तेन्जिङ लामाले संगित सिक्नु पर्छ भनि संगित ज्ञानगुरु जिबेस
 राई संग लिएको आज सम्म ताजा छ । प्रस्तुत छ नेशनल पावर न्युजको लागि अरबिन्द्र गौतमले गायक बाबुराम लामासँग 
गरेको छोटो कुराकानीः
नमस्कार नेशनल पावर न्युजको पावर टकमा स्वागत छ
धन्यवाद नेशनल पावर न्युज टिम लाई ।
आज भोलिके मा ब्यस्त हुनु हुन्छ ?
आजभोली राष्टसेवा त छदैछ गीततसंगितमा पनि त्यतिकै व्यस्त छु ।
सरकारी कर्मचारी पनि हुनुहुन्छ समयलाई कसरी मिलाउनु हुन्छ ?
समय जतावाट पनि आफै मिलेर आउँछ त्यसरी नै मिलाएको छु ।
दुबै काम एकैचोटि गर्न समय सकिन्छ ?
अहिले सम्म मिलेकै छ सर कुनैबेला समय र परिस्थतीले मिल्दैन त्यतिबेला अलि गारो हुन्छ ।
तपाईं गायन क्षेत्रमा लागेको कति भयो ?
लगभग दुईदशक भयो रुचि त सानै देखि थियो ।
तपाईंले अहिले सम्म कति गित गाउनु भयो ?
तीन चार वटा जति गायको छु अहिले बजारमा आउने क्रम जारी छ ।
 कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
सानै देखि रमाईलो गित नै मन पर्छ र गाउँछु पनिदोहोरी गित त हाम्रो मन मुटु हो रोमान्टिक 
गीतमा सबै प्रकारको गित गाउन सकिन्छ त्यसमा दोहोरिलाई अलग गर्न सकिन्न ।
गायनबाटै बाँच्न सकिन्छ ?
सक्नेले बाँचेकै छ । कथमकदाचित मेरो चाहिं सानैदेखिको रहर हो ।
कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
मेरो बुवा आमा साथीभाई कै प्रेरणा हो अनि गुरु कै प्रेरणा भनु पर्छ ।
कस्तो गायक बन्न मन छ ?
म सबैले मन पराउने सबैको मनमा बस्न सफल गायक बन्न मन पर्छ ।
लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
लोक गित आजभोलि बिकृती तिर लागेकै हो कि भन्ने लाग्छ ।
हाम्रो नेपाली पहिचान सँस्कृती जोगाउने झल्कने खालको लोकगित हुनुपर्छ ।
रोमान्टिक गीत मात्रै बढी गाउनुहुन्छ किन ?
गाउन त सबै खल्को गाउछु तर लोक गित बढी मन पर्ने भएकोले लोक गित बढी गाउछु त्यस पनि रोमान्टिक राम्रो लाग्ने भएकोले हो।
तपाईंको सबै भन्दा चर्चाको गित कुन हो ?
चैत्रको खडेरिमा असारे गित गाउँदा बजाउदा समय सान्दर्भिक थियो आजभन्दा दुई बर्ष अगाडि 
बजारमा आएको गित हो लौन सारो भो जुन हमाल म्युजिकले बजारमा ल्याएको थियो ।
 अन्तमा ?
अहिले मैले पानी तिर्खा लागेर बोलको गित बजारमा ल्याएको छु सबै स्रोता दर्शक गणमा सुनिदिन हेरिदिन 
सम्पूर्णमा आग्रह गर्न चाहन्छु ।आज बाबुराम लामा गायक सम्झेर मनका कुरा मेरो स्रोता समक्ष पोख्ने मौका दिनुभाकोमा 
नेशनल पावर न्युजलाई धन्यवाद टक्रयाउन चाहन्छु ।
नेशनल पावर न्युजको लागि समय दिनु भएको मा धन्यवाद
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।