Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दर्सक श्रोताहरुको  प्रिय बन्ने मन छ : गायिका सबिता ढुंगाना

Sunday, August 12, 2018 National Power


२७ साउन,अरबिन्द्र गौतम /  काभ्रे -काभ्रेपलान्चोक जिल्ला कोशिपारी गोठपानी  ठुलिपोखरपारीमा जन्मनुभएकि बाबा बालकृष्ण चौलागाईं 
र आमा निर्मला चौलागाईं कि जेठी छोरी हुन गायिका सबित ढुंगाना मुख्य तथा काठे लोक दोहोरी गायिकाको रुपमा छोटो समयमै चर्चामा
 आउन सफल गायिकाहरु मध्ये पर्नुहुन्छ प्रस्तुत छ नेशनल पावर न्युजका लागि अरबिन्द्र गौतमले उहाँसँग गरिएको छोटो कुराकानीः

 नेशनल पावर न्युजको पावर टकमा स्वागत छ

धन्यवाद

आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?

गित संगीतमा नै ब्यस्त छु

 कस्तो खालको गीत बढी गाउनुहुन्छ ?

लोक दोहोरी

लोक दोहोरी नै बढी गाउनु हुन्छ किन ?

एक हाम्रो संस्कृति बचाउन र अर्को मलाई लोकगित नै बढी मन पर्छ ।

 गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छु ।

 गायनबाटै बाँच्न सकिन्छ ?

दर्शक श्रोता को माया र साथ पाइयो भने अबस्यनै सकियला तर पछि सम्म भन्न सकिँदैन ।

अहिलेसम्म कति गीत गाउनुभयो ?

१७/१८ वटा जति गायको छु

 कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?

सबै भन्दा पहिला मेरो घर परिवार बाट त्यस् भन्दा पछि धेरै जना हुनुहुन्छ प्रेरणा को स्रोतहरु

कस्तो गायिका बन्न मन छ रुअझै पछी गएर ?

दर्सक श्रोताहरुको मन मुटु बाट कहिलै नहट्ने खाल को लोक प्रिय बन्ने मन छ ।

 लोकगीत कस्तो होस् जस्तो लाग्छ ?

नेपाली कला सस्कृती झल्कने र सबै सङ बसेर हेर्न र सुन्न मिल्ने खालको होस जस्तो लाग्छ ।

 कस्ता खाल्को गित बढी गाउनुहुन्छ र किन ?

म एउटा कलाकार हु सबै खालको गित गाउछु ।

 तीजका कुनै गीत गाउनु भए छ ?

गाएको छु ।

 कस्तो छ तीज गीत ?

सबै जना बसेर हेर्न मिल्ने रोमान्टिक खालको गित गायको छु ।

 तीज गीत कतिको चल्छ जस्तो लाग्छ ?

राम्रो गित भयो भनी पक्कै पनि राम्रै चल्छ जस्तो लाग्छ ।

पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?

सदा बहार पनि ठिक लाग्छ तर समय अनुकुल र पर्व अनुसार अझ बढी ठिक लाग्छ ।

छोटो समयमा नै निकै चर्चा कमाउनु भयो नि ?

यो सबै दर्सकहरुले गर्नु भयको म प्रति को माया ले हो जस्तो लाग्छ ।

तपाईंले गायको सबैभन्दा चर्चाको गित कुन हो ?

घुन्मलाइ जाउ न कान्छी काभ्रेपलान्चोक

घुन्मलाइ जाउ न कान्छी काभ्रेपलान्चोक गित त काभ्रे जिल्लामा निकै चर्चा कमायो नि के कारणले हो ?

एक त गित राम्रो भएर अर्को काभ्रे जिल्ला को गाउँ ठाउ लाई नै समेटिएको भयर होला ।

अन्तमा ?
दर्सक श्रोता को धेरै माया पायको छु ।
सधै भरी हजुरहरुको यस्तै माया र साथ को अपेक्षा गरिरहन्छु जय गित जय संगीत

 पावर न्युजको लागि समय दिनु भएकोमा धन्यवाद
हजुर लाई अनि पावर न्युजलाइ पनि धेरै धेरै धन्यवाद मेरो केही कुरा हरु राख्ने अवसर दिनुभयकोमा