Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मोडल अनुप खड्काको परदेशी जीवन, बिदेशी भुमिमा भोग्नु परेको पीडा

Thursday, July 26, 2018 National Power

१० साउन, काभ्रे /अरबिन्द्र गौतम  –  काभ्रेका मोडल अनुप खड्का परदेशमा बसी भोग्नु परेको पीडा यसरी पोख्छन् ।
“कुनै दिन सोच्ने गर्थे परदेश भन्ने कस्तो होला ? के त्यहाँ जान पाए साच्चिकै जीवन बन्छ होला भनेर सबेले सोचेका हुन्छन । के त्यहाँ पैसा फल्ने बोट हुन्छ होला ? यस्तै सोचाइले मन सधै भारी भइरहेको हुन्छ सबैको । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गए त गाउँ परिवार को हाइ हाइ वन्थे होला,गाउँले दाजु भाइ परदेशवाट आउदाँको छाँटकाँट,हेर्दा नचिनि ने भएर आउदाँ,अनि सोच्छन सबैले एक पटक मात्रै जान पाए । एक सुनौलो सपना बोकी यो आफ्नो जिवनको अनौठो यात्रा गर्न पनि बेर गदैनन् । मानिसको जिवनले पनि कहिले कोल्टो फेरेको हुन्छ खै थाहै हुदैन,गरिवी जिवनलाई उकास्ने सुरमा अचानक परदेशी जिवन जिउँदा पो थाहा पाउछन । संसार को लिला केहो भन्नेवास्तविकताको दुनिया कस्तो रैछ भन्ने ।
सपनाको परदेश र विपनाको परदेश एकदम भिन्न हुन्छ हामीले जो सोचेका हुन्छौ , अनि राम्रा राम्रा सपना बुन्ने गर्छौ कुनै बेला बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो“ कि त परेकाले जान्दछन कि त पढेकाले““ साच्चैनै यो शब्दले प्रदेशी को मनको एक छेउ लिएको हुन्छ जब प्रदेशी भए अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिवन जिउन बाध्य हुन्छन । मानिस भएर पनि अन्धकारको दुनियाँमा विपनाको परदेशको कुरा गर्नु पर्दा जुन दुनियालाइ बेग्लै ठान्द छन,प्रदेशी संसारमा वाउ खाँन्छ पेट भरि छोरो हेर्न भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नु पर्ने टुलुटुलु ,कति अजिव जस्तो हुन्छ प्रदेशको दुनिया । कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन । सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा हुदैन बाउ बिमारी भएको पनि थाह हुदैन ,एकसुरे जस्तो जिवन हुन्छ, प्रदेशीलाई कता कता लाग्छ, जस्तो सुकै दु.ख कष्ट भए पनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भए पनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ । गाँउ घरकाले सोच्दा होलान, फलानाको छोरो विदेश गएको छ । धन कमायर आउछ भन्छन होला तर भोको नाङगो कसले सम्सिम्झनछन होला । पैसा को पछाडि लागेपछि के आफ्ना के पराइ सबै तोड्दा रैछन भन्दा होलान। आफु नमरि स्वर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमाहरुलाई के थाहा,परदेशको हालत, यहाको परिपाटी । हो उनि हरुको सोचाइ पनि म गलत सोच्दिन ठिक हो ,तर गाउँ परिवार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर राखनु र्पछ ।
यहाँ,माया ममतालाइ भूल्नु पर्दो रैछ । यहाँ काम नगरि सुखै नहुने हुन्छ । भो आज स्वास्थ्यलाइ ठिक छैन भोलि गरौला काम भन्न नपाइने । जति दु.ख भए पनि मरिमेट्नै पर्ने । उफ यो कस्तो दुनिया हो ? बिरामी पर्दा तातो पानी पनि तताएर दिने मान्छे नहुदाँ मन कति रुन्छ । सकि नसकि आफुले नै गर्न पर्ने । आफुले न बाले चुलो बल्दैन । ला आज तलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् ।

यहि देशका मान्छेको परदेशीहरुलाइ हेन र्नजर पनि अलग हुन्छ । को हो को हो जस्तो गर्ने । र्ज्ति लडारिएर मडारिएर बसे पनि यहाँका मान्छे सँग परदेशी परदेशी नै हुदो रैछ, आखिर एक्लो । दुइ पैसा कमाइ केहि गरौला भनि सोच पनि परदेश को हावाले त्यतिकै उडाइदिदो रैछ । बुढेसकालको साहरा होलान छोराछोरी भन्दा आमावुवा सँगै साहारा माग्ने अवस्थामा भएका परदेशीहरु लाइ देख्दछु। हरपल गाँउ परिवार को यादले मन छटपटाइरहदा कति खेर जाम जस्तो हुने यो मन,,सधै सधै यो उडेर गाउकै सपना मा विलिन हुन्छ ।
आमावुवा कस्तो हुनुहुन्छ होला ? काकाकाकी को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकि हजुरआमा ,,बहिनिहरु,,कस्ता होलान के गर्दै होला ? फलानो के गर्दै होला फलानि के गर्दै होलि ? गाँउमा नया के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यहाका दिन काट्ने साथीहरु हुदा रैछन । मन किन हो किन एकोहोरि रहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छ र । कहिले काही त मनमा गाँठो परेर आउछ । यहाको चलन देख्दा,, धेरै चोटि रोएको पनि थिए । आमावुवाको यादमा, तर रोएको पनि सुनिदिने कसले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने।
आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन । यहाँ जस्तै भएपनि परिवारको काखमा रामाउन कसलाइ मन छैन र ? यो दुनिया स्वार्थी भनौं कि के भनौ, जे गरे पनि राम्रो हुदै नहुने। बाध्यता र मजदुरिले गर्दा बिरानो मुलुक तिर पाइला नचालि नहुने । उहि पैसा को कारण सबै थोक त्यागि पराइ घर सिघार्न पर्ने । किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला यो सोच्दा सोच्दै मान्छेलाइ पागल बनाइदिन्छ ।
मलाइ त यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दु .ख गर्न परेपनि आफनै गाउमा मर्न मन छ, तर मन भएर के गर्ने ? मन धनलाइ अगाडि नलगुन्जेल सम्म केहि नहुने,एक मन त भो मत जान्छु परदेश भन्ने, यस्तै रैछ भन्ने सोच्छु फेरि एकछिन पछि मन बदलिन्छ भो जानु हुदैन, घर गएर पनि केहि गर्न सकिएन भने मेरो एक्लो जिवन त जहा गएर भए पनि पालुला तर घर परिवार पनि हेर्न पर्यो नि भन्ने सोचाइले खिचेर फेरि यहिको दुनियामा रमाउने कोसिस गर्ने सोच्छु तर मनले मान्दैन ।
म त सबै मेरा साथीभाइलाइ यो भन्न चाहन्छुकि ढिडो रोटो जस्तो भएपनि घरकै खाउ,दु.ख जति परेपनि परिवार सँगै बाड्दै बाँच तर परदेश जाने दुइ पैसा कमाउने सोचाइ लाइ बदल, मान्छेको जातलाइ जति भएपनि थोरैनै हुन्छ त्यसैले शन्तोष धैर्य लाइ कहिल्यै नतोड भन्छु म त ।
बरु भगवान सँग प्रार्थाना गरौ कि भगवान अहिले जस्तो जिइ रहेको छू उस्तै सँधै भइरहोस यहाँ भन्दा तल नि जान नपरोस र यहाँ भन्दा माथि पनि नलगिदेउ भनौ । यो लोभको घैटोमा जति पानि हालेपनि भरिदैन । बरु आफ्नै गाँउमै केहि गरेर देखाउने सोचाइ बनाउ तर पैसाको आशमा परदेशलाइ नरोज ।। बस साथी ।बस यहि हो यो म मात्रै होइन सबै परदेशिको बेथा हो “।