Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सोलुखुम्बु दुर्घटना अपडेटस् ६ जनाको सनाखत

Friday, June 29, 2018 National Power

१५ असार, सोलुखुम्बु – सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । सनाखत हुनेहरुमा उदयपुर सिरिसे-८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् ।

यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर प्रद्युम्न कार्कीले जानकारी दिए ।

दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ । खड्कालाई काठमाडौं पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए ।  शुक्रबार बिहान को १ झ १८६० नम्बरको जीप सोलुको दूधकुण्ड नगरपालिका-११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट करिब साढे ७ बजेतिर तल खसेको थियो ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनालगत्तै स्थानीयबासीले उद्धार गरेका थिए । प्रहरी ढिलो मात्र घटनास्थलमा पुगेको थियो ।