
सबैको एउटा न एउटा सपना हुन्छ । ती सपना पुरा गर्न मन्छेले देश देखी विदेश सम्म विभिन्न उदेस्यका साथ आफ्नो यात्रा तयार गर्छन् । अझ प्रष्ट भन्नू पर्दा आर्थिक रुपमा सबल र सक्षम हुनुका साथै फरक जीवन शैली जिउन चाहाने सबैको चाहाना हुन्छ । यस्तै सपना र उदेस्यका साथ धेरै नेपाली युवा खाडि र विद्यार्थी अमेरिका,अस्ट्रेलिया ,जापान जस्ता देशमा आफ्नो उज्वल भविस्य खोज्दै लाखौंको ऋण बोकेर गन्तब्य तय गर्छन् । त्यस्तै पछिल्लो समयमा नेपाली विद्यार्थीको रोजाइमा जापान पनि पर्ने गरेको छ ।
सजिलै भिशा प्राप्त गर्न सकिने र आर्थिक रुपमा पनि अरु देशको भन्दा कम लाग्ने भएको कारण जापान नेपाली विद्यार्थीको रोजाइ परेको छ । देशमा सैक्षिक योग्यता हुदाहुदै पनि अबसरको कमि हुँदा लाखौ विद्यार्थी विदेशीने गरेका छन । यसै सिलसिलामा महिले पनि जापानको यात्रा तय गरे । नेपालमा महिनाको ३ लाख कामाइ हुन्छ । ४ लाख कमाइ हुन्छ भन्ने प्रशस्त सुनेको थिए तर आफु नमरी स्वर्ग पुगिन्न भने जस्तै आफैले नभोगे सम्म यथार्थ थाहा नहुदो रहेछ । जापानमा विद्यार्थीको लागि जति अबसर छन त्यति धेरै चुनौती पनि छन । नेपालको दैनिकी भन्दा यताको दैनिकी निक्कै चुनौतीपूर्ण छ । समयको महत्व कतिछ भन्ने जापानले राम्रो सङग सिकाउछ ।
नेपालमा कमाएको खादै आयाका विद्यार्थीको लागि कमाएर खानु अझ बढी चुनौती पुण छ । यदि राम्रो भासा भयो र दुख गर्न सक्यो भने भविस्य निक्कै उज्ज्वल छ जापानमा तर भासापनी छैन र नेपाल जस्तै परिवेस खोज्यो भने निक्कै चुनौतीपुण छ । आइफोनले खिचेको फोटा देखेको आधारमा जापान नआउनु होला । जापान आउनुभन्दा पहिला सबै कुरा राम्रोसँग बुझेर मात्र आउनु होला । यदि ठुलो रिणको भारिबोकेर सानो समयमा धेरै पैसा कमाउछु भन्ने सपना बोक्नु भयो भने तपाईंलाई त्यति भनेजस्तो नहुदा समस्य पर्न सक्छ । त्यसैले सबै बुझेर मात्र जापानको गन्तव्य तय गर्नु होला । जापानमा सबैभन्दा भासा महत्वपूर्ण हुन्छ । भासा छ भने अबसर हरु अनगिन्ती छ । अर्को कुरा बिदेश गएपछी तिन्टा कुरा सामना गर्न तयार हुनुपर्छ ती हुन ( Dirty,dangerous and difficult ) । बिदेशमा काम कुनै पनि सजिलो हुदैन म जस्तो सुकै परिस्थितिको सामना गर्न सक्छु भनेर आउनु पर्छ ।
अन्त्यमा जापानमा आउने सोचमा हुनुहुन्छ भने राम्रो भासा भनाएर आउनुहोस् । यहाँ चुनौतीका चाङ माथी अबसरका खानी पनि छन । होइन जसरीपनि जापान मात्र पुगेहुन्छ भन्ने सोचमा आउदा दुखहुन सक्छ । यो देशमा अबसरका साथसाथै चुनौती पनिछन । पैसा कमाउन सजिलो छैन । अर्को कुरा यताको आम्दानी धेरै भयपनी खर्चपनि त्यतिनै हुन्छ । त्यसैले सबैकुराको तयारी गरेर मात्र आउनु होला कसैको लहिलहि र सुनेको आधारमा आउदा समस्री हुन्छ । यो मेरो भोगाइ र अनुभव हो ।
बिष्णु रोकाया
नागासाकी जापान