काठमाडौं— नेपाली लोकसंगीतमा निरन्तर सक्रिय गायिका सुजाता केसीको सुमधुर आवाजमा नयाँ गीत ‘मेरो बोली सुन्दा–२ ’ सार्वजनिक गरिएको छ । प्रेम र समर्पणको भाव व्यक्त गर्ने यस गीतले श्रोतामाझ राम्रो चर्चा पाइरहेको छ ।
लोक तथा आधुनिक संगीतको स्वाद मिसिएको यस गीतको शब्द मुनाल शिशिरले लेखेका हुन् भने संगीत संयोजन पुरुषेत्तम सुवेदीको रहेको छ । मुनाल शिशिरको संगीत निर्देशनमा तयार पारिएको गीतमा माया, समर्पण र सम्बन्धको विषयमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गरेका छन् । सम्पादन बिष्णु खड्काको रहेको भिडियोमा शुधिर श्रेष्ठ प्रियङका रेग्मी गायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
गायिका सुजाता केसीले पछिल्लो समय आफ्नो बहुप्रतिभा र समर्पणका कारण नेपाली संगीत क्षेत्रमा लोकप्रिय गायिकाको रुपमा आफुलाई स्थापित गराएकी छिन् । उनले यसअघि पनि थुप्रै हिट गीतहरू दिइसकेकी छन्, र ‘मेरो बोली सुन्दा–२ ’उनको संगीत यात्राको अर्को उपलब्धिपूर्ण पाइला बनेको देखिन्छ । उक्त गीतको म्युजिक भिडियोलाई सुजाता केसी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।