Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

परिवर्तन नेपालद्वारा नवनियुक्त बोर्ड सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान

Tuesday, April 1, 2025 National Power

काठमाडौं – “माटो बदलिँदैन, विचार बदलौं” भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान गरेको छ ।

विशिष्ट चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ट कलाकार कृष्ण मल्ल, लय संग्रौला, विशिष्ट चलचित्र निर्देशक रमेश बुढाथोकी तथा परिवर्तन नेपालका संस्थापक एवं केन्द्रीय अध्यक्ष मोहन निरौलाले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

परिवर्तन नेपालले विगतका वर्षहरूमा झैं यस वर्ष पनि संस्थापक अध्यक्ष मोहन निरौलाको जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता कृष्ण ढुङगाना लगायतका विशिष्ट व्यक्तित्वहरूले अध्यक्ष निरौलालाई जन्मदिनको शुभकामना दिएका थिए ।

मानिसहरुको जीवन जसरी पञ्च तत्वद्धारा निर्देशित हुन्छ त्यसैगरी सोही पञ्चतत्वको अनुष्ठान गरी हाम्रो मौलिक परम्परा, संस्कृति र सभ्यता बमोजिम अध्यक्ष निरौलाको जन्मदिनको अवसरमा पञ्च दिपप्रज्वलन गरिएको थियो । हाम्रो धार्मीक मान्यता अनुरुप पञ्चदिप प्रज्वलित गर्दा मानिसहरुमा आफ्नो कर्म, पेशामा क्रियाशिल रहँदै आफ्नो आचारण तथा स्वभावमा सदाचारिताको विकास हुन्छ भन्ने जनविश्वास रहेको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले महत्वपूर्ण भूमिका निभाएका थिए। सो अवसरमा अध्यक्ष डिसीले कविता वाचन गर्नुका साथै गीत प्रस्तुत गरेका थिए भने अभिनेता गजित विष्टको नृत्य प्रस्तुति सहभागीहरूका लागि आकर्षणको केन्द्र बनेको थियो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका मोहन निरौलालाई शुभकामना दिन चलचित्र कलाकार संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, द्वन्द्व कलाकार संघ लगायतका संस्थाका प्रतिनिधिहरू तथा चलचित्र, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहनु भएका निरौलाको जन्मदिनको अवसरमा शुभकामना दिनको लागी कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्य, चलचित्र संघका बरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, महासचिव अरुण प्रधान, द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान तथा विशिष्ठ ब्यक्तित्वहरु बिजयरत्न तुलाधर, आरपी पन्त, उत्तम केसी, सपना श्रेष्ठ, शारदा गिरी, शुरेन्द्र शाह, शान्तिप्रिय, चेतन सापकोटा, बसन्त सापकोटा, राजन थापा, विष्णु सुवेदी, गीता अधिकारी, पनाहा अधिकारी, सुमन बैरागी, रघुनाथ सापकोटा, बिनोद श्रेष्ठ, पुकार भट्टराई, रोहित रुम्बा, दिपेन्द्र तिमल्सिना, उद्धव भट्टराई, नम्रता खरेल, पवन केसी, जयन्त रेग्मी, राजकुमार शाह, राजु गिरी, कृष्ण रसाल, पुस्कर पन्त, विमल श्रेष्ठ, समिर लामा, अमर वली, देवन्द्र पाण्डे, अटल निरज, दिपक हुमागाई, आशा भुषाल, सविता पोख्रेल, कमला जोशी, सामना शाह, फोटोग्राफर देवराज आचार्य लगायत झण्डै सय भन्दा बढी कलाकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलले सञ्चालन गरेका थिए भने गोपाल ढकाल “छन्दे”, गायिका बबिरोजा ढकाल, गायक सुरज अधिकारी लगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।