Thursday 20th February 2025

    नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन    चलचित्र ‘लाज शरणम्’ माथि अदालतको रोक: निर्देशक समाजको गम्भीर आपत्ति    ‘विलोल शब्द वल्लरी’ कवितासंग्रह र तीन गीतका भिडियो विमोचन    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक

जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज

Wednesday, February 5, 2025 National Power


काठमाण्डौ –  क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको र आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो । सिनेमालाई महाशिवरात्रीको पूर्वसन्ध्या पारेर रिलिज गर्न लागिएको हो ।

सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको यस गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन् । उनले स्वर भरेका ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छन् । त्यसले आज रिलिज हुने ‘ताण्डवम्’को गीतलाई पनि फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

सिनेमामा सिनेमामापुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।