Thursday 25th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी

Wednesday, November 27, 2024 National Power


काठमाण्डौ –मैत्रिय फाउण्डेशनका बालबालिकाहरुले भारतको पन्जावमा आयोजना भईरहेको अन्तराष्ट्रिय कराँते डु च्याम्पेनसिपमा विजयी भएका छन् । यहि नोभेम्बर २३ र २४ दुई दिनसम्म आयोजना भएकोे उक्त खेलमा फाउण्डेनशनका १७ जना बालकालिकाहरुले उत्कृष्ट प्रदर्शनी गर्दै विजय हासिल गरेको मैत्रिय फाउण्डेशनकी अध्यक्ष महिमा पोख्रेलले बताएकी छन् ।

उक्त प्रतियोगीतामा प्रमुख अतिथीको रुपमा फाउण्डेशनकी अध्यक्ष पोख्रेललाईनै निमन्त्रणा गरिएको थियो । आफ्ना बालबालिकाहरुले पञ्जावमा आयोजना भएको खेलमा विजयी भएकोमा खुशी व्यक्ति गरेकि छन् । ललितपुरको बाँडेगाँउमा रहेको फाउण्डेशनले आफ्नो वालवालिकाहरुलाई पढाईका अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै सक्रिय गराउदै आइरहेको छ ।