Thursday 25th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

Sunday, November 24, 2024 Devil Singh Rajput

नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्दै सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना गरिएको छ। सामाजिक सेवा मूलक गैर-नाफामूलक संस्थाका रूपमा दर्ता गरिएको यस चेम्बरले व्यापार, कृषि, उद्योग, र पर्यटनका क्षेत्रमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा योगदान पुर्याउने उदेश्य लिएको छ।

सौरभ ज्योतिको अध्यक्षतामा गठित समितिमा उपाध्यक्षका रूपमा ऋतु सिंह वैद्य र तुषार धर तुलाधर कोषाध्यक्षमा चयन हुनुभएको छ भने विजय सिंह वैद्य सचिवमा र अन्य सदस्यहरूमा सुहिद राज घिमिरे, दिनेश तुलाधर तथा अंकुर झुनझुनवाला रहनुभएको छ।

चेम्बरको उद्घाटन जापानी दूतावासका मिशन उप-प्रमुख तामुरा ताकाहिरोले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार सदस्यहरू पद्म ज्योति, सुरज वैद्य, र त्रिभुवन धर तुलाधरको पनि उपस्थिति थियो।

चेम्बरको रजिष्टर कार्यालय काठमाडौं महानगरपालिका वडा नं। २७ मा रहेको छ। संस्थाले सदस्यता शुल्क, अनुदान, र अन्य वैधानिक स्रोतबाट सञ्चालन खर्च जुटाउनेछ। सदस्य बन्न इच्छुक १८ वर्ष पूरा गरेका नेपाली नागरिकले रु। १०,००० शुल्क तिरेर सदस्यता लिन सक्नेछन्, तर सदस्यता हस्तान्तरण गर्न भने पाइने छैन।

संस्था समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार सञ्चालन हुनेछ। वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग आवश्यक परेमा, समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिने व्यवस्था गरिएको छ।

नेपाल र जापानको सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ स्थापित यो चेम्बरले दुवै देशका व्यवसायीक समुदायलाई नजिक ल्याउने विश्वास गरिएको छ। चेम्बरले सबैलाई सहकार्य र समर्थनका लागि अपिल गरेको छ।