Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” सार्वजानिक

Sunday, July 21, 2024 National Power

काठमाण्डौ – नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले  ६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” बोलको गीतलाई संयूक्त रुपमा  सार्बजानिक गरेका छन्।

सुस्मा शाही ठकुरी अफिसियल युटुब मार्फत सार्बजनिक भएको उक्त गितको अडियो तर्फ लय राजेन्द्र कुमार कार्कीको रहेको छ भने शब्द सुस्मा शाही ठकुरी र राजेन्द्र कुमार कार्कीको रहेको छ।

उक्त गीतमा राजेन्द्र कुमार कार्की, अमृत खाती, चन्द्र शर्मा, सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको आवाज रहेको छ भने गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । सुमन रानाको रेकर्डिङ रहेको उक्त गीतलाई मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने लोमस शर्मा र जुना बिश्वकर्माको उक्त गीतमा अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शृङ्गार स्वस्तिका श्रेष्ठ र भिडियो सम्पादन मनोज कार्कीको
रहेको छ।
६० को दशक तिरै निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।