Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)

Tuesday, March 26, 2024 National Power

काठमाडौं-कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमि…’ (गजल लालित्य भाग २) श्रव्यदृश्य सार्वजिनक गरिएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा लेखनाथ साहित्य भवन सोह्रखुट्टे, काठमाडौंमा समालोचक प्रा.डा.कृष्णहरि बराल र समालोचक प्रा।रमा शर्माले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका उक्त श्रव्यदृश्यको निर्देशन हेमप्रभास अधिकारी र सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले गर्नुभएको छ ।

प्रा.डा.बरालले आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेला पारेको कविशिरोमणि लेखनाथ पौड्यालको गजल सन्तोष श्रेष्ठले संगीत र स्वर दिएकोमा खुशी लागेको बताउनुभयो । नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहनुभएकी समालोचक प्रा।रमा शर्माले सन्तोष श्रेष्ठले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको जिकिर गर्नुभयो ।

संगीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा, सम्मान गर्न अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उहाँहरूका सिर्जनालाई प्रसाद ठानेको, कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको दाबी गर्नुभयो । श्रेष्ठले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्…’को पनि श्रव्य-दृश्य सार्वजनिक गर्नुभएको थियो ।