Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

गायक कन्हैया सिंह परियारको ‘आँखी झ्यालैमा‘ सार्वजानिक

Wednesday, November 8, 2023 National Power

काठमाडौं– प्रसिद्ध गायक कन्हैया सिंह परियार करिव आठ महिनापछि आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आँखी झ्यालैमा’ बोलको यो गीतका म्युजिक भिडियो गायक सिंहको ‘कन्हैया सिंह परियार’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा बिपिन आचार्यको शब्द, संगीत तथा संगीत संयोजन छ ।

अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो गीतको अडियो तथा भिडियो टिका गोपाल डिजिटल एम.क्रिएशन प्रा.लिले तयार पारेको हो । गीतको भिडियोमा बिपिन आचार्यकै कथा तथा निर्देशन छ । भिडियोमा गायक कन्हैया सिंह परियार, प्रेक्षा बानिया तथा सञ्जीव तामाङलाई फिचर गरिएको छ । विजय रुम्बा यो भिडियोका छायांकार तथा सम्पादक हुन् ।

भिडियोमा गायक परियारले अभिनय तथा नृत्यसमेत गरेका छन् । फरक गेटअपमा देखिएका गायक परियारलाई भिडियोमा अभिनय गरेको सुहाएको छ । गायक परियारले निर्देशक निर्देशक आचार्यको अनुरोधमा अलि पृथक भूमिकामा देखिएको बताएका छन् ।