Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को उपाधि सुश्री क्रिस्मा र श्रीमती सोलिनालाई

Sunday, October 15, 2023 Devil Singh Rajput

काठमाण्डौं । एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को मिस र मिसेस क्याटेगोरीमा क्रिस्मा र श्रीमती सोलिनाले शिर्ष उपाधी हात पार्दा मिस अरुणा पुरी श्रीमती प्रिना राई गुरुङ फर्स्ट रनर अप, मिस बिनिता खड्का र श्रीमती झरना काफ्ले सेकेण्ड रनर अप बन्न सफल भए ।

प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ मिस कृतिका गिरी र श्रीमती संगम शर्मा विजयी रहदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बने । जसमा सरिता पत्र वंशले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन ।

प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

आयोजक संस्थाका प्रमुख कृष्ण श्रेष्ठ (रोविन ) अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट १२ हजारको एक हप्ते कपाल र छाला मास्टर क्लास निशुल्क लिन पाउनेछन् भने इटालवाक्स प्रोफेशनल कस्मेटिक्स र पाईसी कस्मेटिक्सबाट उपहारहरू प्राप्त गर्नेछन् ।

श्रेष्ठका अनुसार विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ ।