Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नवोदित गायक शन्नि शिर्षकको पहिलो गित अभिलाशा बजारमा

Monday, June 19, 2023 Devil Singh Rajput

काठमाडौं ।नवोदित गायक शन्नि शिर्षकले आफ्नो पहिलो गित अभिलाशा बजारमा ल्याएका छन् । उक्त गित ओ एस् आर डिजिटलले बजारमा ल्याएको हो । रोमान्टिक वियोगान्त कथा शैलीमा गाइएको ‘अभिलाशा’मा गायक स्वंयमकैे शब्द र कम्पोज रहेकोछ । ्गितारिस्त फिरोज बज्राचार्यले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा क्रिस्तिना के।सी। तथा शन्नि शिर्षक जोडिको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । गीत रेकर्ड ज्योति रेकर्डले गरेका हुन् भने म्युजिक भिडिओको छायाँकन उत्सव दाहाल तथा सम्पादन बिकास दाहालको रहेको छ । म्युजिक भिडिओ निर्देशन भने चर्चित निर्देशक सोनाम पाख्रिनले गरेका हुन्। धेरै बर्षको मेहनत पछि सार्वजनिक यो गीतबाट निकै आशावादी रहेको बताउँछन् गायक शन्नि शिर्षक ।

संगित जिवन हो, साधना हो तर सजिलो त पक्कै पनि छैन । परीवारको साथसहयोग र कडा मेहेनतबाट यसै क्षेत्रको चम्किलो ताराको रुपमा चिनाउने आफुले लक्ष्य लियको गायक शन्नि शिर्षक बताउँछन् ।