Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

Sunday, May 21, 2023 National Power

काठमाडौँ -न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्युनतम तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्का सहितका सदस्यहरुले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव गरेका हुन् ।

पत्रकारको न्युनतम पारिश्रमिका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराउने कुरा भएको न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरि कार्कीले बताए । मन्त्रिपरिषद्बाट निर्णय भएमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने कार्कीले बताए । पाँचौ तहको ३७ हजार ५ सय ३८ रुपैया र वरिष्ठ संवाददाता, भाषा सम्पाक, र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव गरिएको छ । यसअघि पत्रकारको न्युनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।