Thursday 25th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु

Sunday, March 26, 2023 National Power

भरतपुर – राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग तथा निर्देशनमा नेपाल कराते महासंघको आयोजनामा आज देखि भरतपुर चितवन स्थित पटिहानीमा ७ओै मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु भएकोछ । कार्यक्रमको उदघाटन सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एक बिशेष समारोह बिच भर्चुअल माध्यमद्धारा गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री प्रचण्ड ले देशको मान,प्रतिष्ठा र संसारलाई खेलक्षेत्रको माध्यमबाट मुलुकलाई चिनाउने खेलाडी र खेलकर्मीलाई राज्यले गर्नुपर्ने सहयोग र निभाउनपर्ने भुमिकामा कुनै कसर नराख्ने बताउनुभयो ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रलाई आफुले बिगतमा राज्यको नेतृत्व गर्दा खेलक्षेत्रको बिकाश र बृद्धीमा अग्रसर भुमिका निर्वाह गरेको सबै खेलकर्मी माझ छर्लङग रहेको समेत स्मरण गराउनुभयो । उदघाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव टंकलाल घिसिङ्गले लामो समय देखि बिवादमा रहेको राष्ट्रको पहिचानसंग गासिएको खेल करातेको ऐतिहाशिक साधारण सभा निर्वाचन गराउन सफल भई एउटै नेतृत्वमा करातेलाई अघि बढाउन पाउदा आफु निकै खुशी भएको बताउनुभयो ।

सम्बोधन गर्नेक्रममा भरतपुर महानगरपालिका का प्रमुख रेनु दाहालले खेलक्षेत्रमा आफुले महानगरभित्र र देशभरि सबै खेललाई सहयोग र सम्मान गरेको बताउनुभयो । साथै भरतपुर महानगरपालिका स्थित रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्न आफुले कुनै कसर नराख्ने समेत प्रष्ट्याउनु भयो । नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले आजको दिन देखि कराते खेल राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त भन्ने नभएको र मात्र नेपाल कराते महासंघ भएको बताउनुभयो । नेपाल कराते महासंघका अध्यक्ष एवम राखेप पुर्व सदस्यसचिव युवराज लामाले कराते खेल कुनै झगडा र लफडा गर्ने खेल नभएको र यो खेल राष्ट्रको सान,ईज्जत र सम्मानका लागि गुरु प्रणालीमा चल्ने आत्मज्ञान बुदो स्पीडमा चल्ने खेल भएको बताउनुभयो ।

यो खेलले बिगत,बर्तमान र भविष्यमा सदा राष्ट्रको प्रतिष्ठाको लागि लडेको र सदा राज्यका निम्ति अग्रशर रहन सबै करातेकर्मीहरुलाई निरन्तर लागिरहन निर्देशन दिनुभयो । मास्टर्स मिट उदघाटन समारोहलाई सभाबिसर्जन गर्दै सम्वोधन गर्ने क्रममा नेपाल कराते महासंघका सह अध्यक्ष दावा गुरुङ्गले बिगतको करातेको सफल ईतिहाशलाई निरन्तरता दिदै यो नेतृत्वले पुन नयाँ ईतिहाश रच्ने आफु बिश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन,बागमती खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी,सिल्की ग्रुपका प्रमुख, बिभिन्न राजनिति दलका प्रतनिधि,समाजसेवीहरु,पत्रकार, बिभिन्न निकायका प्रतिनिधि,उधोगी,व्यापारी,कलाकार, सुरक्षाकर्मी लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त मास्टर्स मिट तथा साधारण सभामा नेपाल कराते महासंघका पदाधिकारी,७ प्रदेश, ७७ जिल्ला तथा ३ बिभागिय टिमका सिनियर प्रशिक्षक,प्रशिक्षक,स्वयम सेवक प्रशिक्षक लगायत सिनियर ब्ल्याक बेल्ट मास्टर्सहरु सहित करिव १ हजार २ सय कराते मास्टर्सहरु सहभागी भएको उक्त कार्यक्रम प्रचार-प्रसार संयोजक तथा समाचार प्रवक्ता एवम बरिष्ठ करातेकर्मी गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले सन्चालन गर्नुभएको थियो । मास्टर्स मिट १३ गते सोमवार सम्म सन्चालन हुनेछ ।