Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

Sunday, March 19, 2023 National Power

 

काठमाडौँ-नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिवार काठमाडौँमा भएको संघको १९ औं महाधिवेशनबाट प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पराजित गर्दै उनि निर्वाचित भएका हुन् । खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।

२०४५ सालमा यो संस्था स्थापना हुँदा देखि सक्रिय उनले यसअघि महासचिव, उपाध्यक्ष लगायतका पदमा रहेर काम गरेका थिए ।  दुई उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए भने महासचिवमा सबिन श्रेष्ठ विजयी भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह-कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।त्यस्तै, सदस्यमा शितल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरि विजयी बने भने गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भए ।  निर्वाचनमा कुल ४६ जनाको उम्मेदवारी परेको थियो भने सह-कोषाध्यक्ष पदका उम्मेदवार रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएकी थिइन् ।