Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

Thursday, December 1, 2022 National Power

काठमाडौं –  निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो।
उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।
नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेस गरिने कार्यक्रमका निर्देशक राजन थापाले बताए ।
एरा प्रोडक्सन प्रा.लि.को ब्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरु आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाईन पे को अनलाईन मार्फत पनि भर्न सकिने छ । गीतहरु दर्ता गर्नको लागि आवेदनको अन्तिम मिति पुस २५ गते सम्मको लागि तोकिएको आयोजक समितिले बताएको छ ।