Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लाखौँ निजी खर्चमा एक जना दलितको उपचार गराए ईश्वरपुर नगर प्रमुख आचार्यले

Saturday, September 17, 2022 National Power

रौतहट- सर्लाहीका एक जना नगर प्रमुखले आफ्नै निजी खर्चमा एक जना दलितको उपचार गराएका छन्। उपचार नपाएर घरमै थन्किएका सर्लाही ईश्वरपुर नगरपालिका ५ का एक घाइते दलितलाई नगर प्रमुख मनोजकुमार आचार्यले लाखौँ खर्च गरेर उपचार गराएका छन्।

ईश्वरपुर नगरपालिका ५ सखुवनीका साने दमाई एक महिनाअघि घरमै लडेर खुट्टा फ्याक्चर भएर बसेका थिए। आर्थिक अभावमा उपचार सकेका थिएनन्। थलिएर बस्दा घरपरिवारको झन् बिजोग हुन पुगको थियो। सिलाइको काम गरेर परिवारको पेट पाल्ने दमाई उपचार नपाएर घरमै थलिनु परेको खबर सुनेर नगर प्रमुख आचार्य उपचारका लागि अघि सरेका थिए।

नगर प्रमुख आचार्यले घाइते दमाईलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा लगेर भर्ना गराएर उपचारको प्रबन्ध मिलाएका थिए। खुट्टामा स्टिल हाली सफल अप्रेसनपश्चात दमाईलाई २२ औँ दिनमा अस्पतालले डिस्चार्ज गरेको छ।

दमाईको उपचारमा अढाई लाख रुपैयाँ खर्च लागेको र सम्पूर्ण उपचार खर्च आफूले बेहोरोको नगर प्रमुख आचार्यले बताएका छन्। दमाईको उपचारमा लागेको सम्पूर्ण खर्च नगर प्रमुख आचार्यले आफ्नो निजी खर्चमा बेहोरेको र सम्पूर्ण भुक्तानी गरिसकेको अस्पतालले जनाएको छ।

आचार्य निरन्तर सहयोग गरिरहने समाजसेवी हुन्। कुनै पदमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै आचार्य विपन्न, दलित तथा समस्यामा परेकालाई सहयोग गर्दै आएका छन्। नगर प्रमुखमा निर्वाचित भएपछि पनि आचार्यले समाजसेवा गरिरहेका छन्।निशुल्क उपचार पाएपछि दमाई परिवार खुसी भएका छन्।