Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

चर्चित समाचार प्रस्तोता कोइराला स्पेस फोरके टेलिभिजनको सम्पादकमा नियुक्त

Thursday, July 21, 2022 National Power

काठमाडौ –  चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।

कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले स्वागत गरेका हुन् । एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत लेखन तथा गायनमा पनि सम्लग्न छन् । टेलिभिजनले आइतबार सम्पादक कोइरालासहित पत्रकारहरुको ठूलो टिमलाई टेलिभिजनमा स्वागत गरेको छ ।
विभिन्न मिडियामा लामो अनुभव हासिल गरेका टेलिभिजनकर्मीहरुलाई भित्र्याएको यस टेलिभिजनले छिट्टै आफ्नो प्रशारण यात्रा आरम्भ गर्ने तयारी गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा रहेको स्पेस फोरके टेलिभिजन अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ सुरु गरिएको छ । यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ ।

टेलिभिजनले राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा लामो समय काम गरेका दक्ष टिम र अनुसन्धानकर्ताहरुको एक टोली निर्माण गरिरहेको जनाएको छ । हाल टेलिभिजनको अनुसन्धान टोलीले नेपाली टेलिभिजनको प्रवृति, बजार, सबै मिडियाबाट प्रकाशित प्रशारित विषयवस्तुहरुको गहिरो अध्ययन गरिरहेको जनाइएको छ ।

साथै नेपालको समग्र विज्ञापन बजारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । टेलिभिजनको एक टोलीले टेलिभिजनका लागि विभिन्न विषयवस्तुहरुको अध्ययन, अनुसन्धान गर्नुका साथै विभिन्न तथ्यहरु संकलन तथा विश्लेषण गरेर हाल व्याकअप तयार गरिरहेको पनि बताइएको छ । टेलिभिजनले कार्यरत सबै जनशक्तिका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने जनाएको छ ।

टेलिभिजनको सन्चालकमा जापान, अस्ट्रेलिया, कोरिया तथा युरोपका विभिन्न कम्पनीहरुको व्यवस्थापनमा नेतृत्व गरिरहेका र नेपालमा केही ठूला उद्योग तथा ठूला कम्पनी सन्चालन गरिरहेकाहरु रहेको बताइएको छ । पूर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने जनाएको स्पेस फोर के टेलिभिजनले सबै नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिंगीय विविधता तथा सबै नागरिकका विचारलाई समान रुपमा स्थान दिने पनि जनाएको छ ।

टेलिभिजनका अध्यक्ष डा. शाहीले भने, “स्पेस फोर के टेलिभिजन तथ्यमा उभिएर सत्य खोज्ने, सत्य खोज्नका लागि प्रश्नहरु केन्द्रित गर्ने र बढिभन्दा बढि नागरिकको वास्तविक आवाज बन्नेछ ।” अध्यक्ष शाहीले टेलिभिजनको बलियो न्यूज रुम र अनुसन्धानकर्ताहरुको टोली गहिरो अनुसन्धानबाट बढिभन्दा बढी सूचना सामग्री प्रदान गरी नागरिकलाई आफ्नो विचार मजबुत बनाउन प्रयत्नशील रहने बताए ।
डा. शाहीले भने, “हामी उच्च प्रविधि र दक्ष जनशक्तिको सहयोगमा राज्यमा समावेशिता, सहभागिता र सहअस्तित्वलाई बढावा दिन प्रयत्नशील छौ । संसारभरका ताजा सूचना, सन्देश र विचार निरन्तर दर्शकहरु सामु प्रस्तुत गर्दै आइरहेका छौं । हामीले भ्रष्टाचार र भय मुक्त समाज निर्माण गर्न निर्भिक पत्रकारिताको अभ्यास गरिरहेका छौं । देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अंगहरुलाई जिम्मेवार, जवाफदेही बनाउने र नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउने हाम्रो उद्देश्य हो ।”