Friday 30th May 2025

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५: फिल्मको सूची सार्वजनिक    १२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार घोषणा    चलचित्रकर्मी र पत्रकारलाई ‘हरितारा’ पुरस्कार र ‘परिवर्तन’सम्मान    सोह्रौं प्रिज्मा डि सिने अवार्ड भव्यरुपमा सम्पन्न, गिरी र उप्रेतीलाई ‘चलचित्रकर्मी रजत सम्मान’    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न

एमसीसी अनुमोदन गर्नुपर्नेमा काँग्रेसको जोड

Thursday, February 10, 2022 National Power

काठमाडौं – नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए । ‘शेरबहादुरजीले मलाई पनि यो संक्षिप्तमा ल्याउ म अरु साथीहरुसँग पनि छलफल गर्छु भन्नुभयो’, नेता कोइरालाले बैठकमा सभापति देउवाले राखेको भनाइ उदृत गर्दै भने ।

बैठकमा एमसीसीबारे लामो ब्रिफिङ गर्दै यो राम्रो ग्रान्ट भएकाले यसलाई लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा स्थानीय चुनावमा गठबन्धन बनाउने कि नबनाउने बारे समेत छलफल भएको छ । त्यसक्रममा नेता कोइरालाले काँग्रेसको अस्तित्व जोगाउनका लागि गठबन्धन गर्न नहुने धारणा आफुले राखेको कोइरालाले जानकारी दिए । त्यसैगरी काँग्रेसका भ्रातृ संघ संगठन बारेको छलफलमा स्थानीय निर्वाचनपछि मात्रै निर्वाचन गर्नुपर्ने धारणा आएको कोइरालाले बताए ।