Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

चन्द्रागिरिमा हिमपात

Friday, February 4, 2022 National Power

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिए । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ ।