Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पश्चिम नेपालबाट न्यून चापीय प्रणाली प्रवेश गर्दै :वर्षा र हिमपातको सम्भावना

Wednesday, February 2, 2022 National Power

काठमाडौं -हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीदेखि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भाग तथा तराईका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।