Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

Friday, January 21, 2022 National Power

काठमाडौं- नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, भक्तपुर र पाटन दरबार सङ्ग्रहालयलगायत सङ्ग्रहालय छन् । कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि सङ्ग्रहालय पनि बन्द गर्न लागेको हो । अर्को सूचना जारी नभएसम्म सङ्ग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।