Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मौसममा सुधार, आन्तरिक उडान नियमित

Thursday, December 30, 2021 National Power

काठमाडौं-  पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएको छ । यद्यपि, बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ ।

यसैगरी, काठमाडौंं उपत्यकामा दिउँसोदेखि घाम लाग्ने महाशाखाले जनाएको छ । अहिले उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्राी सेल्सियस रहेको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आन्तरिक उडान भइरहेको जनाएको छ । बिहीबार मौसममा क्रमिक सुधार भइरहेकाले काठमाडौंबाट हुने आन्तरिक उडान नियमित भइरहेको कार्यालयका कर्मचारीले जानकारी दिनुभयो ।

बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगत भएको थियो । आन्तरिक उडान गर्दै आएका नौ वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । तर, प्रतिकूल मौसमका कारण वायुसेवाले बुधबार साँझ अबेरसम्म १४२ वटा मात्रै उडान गरे भने १३० वटा उडान रद्द गरेको थियो ।