Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

मिल्दाजुल्दा अनलाइनबारे काउन्सिलमा छलफल

Wednesday, November 24, 2021 National Power

काठमाडौ- अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायस“ग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।
सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रेस चौतारी नेपालका माधव तिवारीसहितका पत्रकारहरूले काउन्सिलको यो कदमको स्वागत गर्दै विवादरहित तवरले कार्यान्वयन गर्न सुझाव राखेका थिए ।
महासङ्घका कोषाध्यक्ष सेजुवालले सूचना विभाग र काउन्सिलबीच अझ समन्वय गरी अनलाइन दर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।
अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले मिल्दोजुल्दो नाममा कडाई गर्नु आवश्यक रहेको उल्लेख गर्दै काउन्सिलले समाचारको विषयवस्तुमा समेत गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहा“ले हुबहु कपी गर्ने विरुद्ध सक्रियता जनाउनुपर्ने, क्षतिपूर्तिको समेत व्यवस्था भए झन् प्रभावकारी हुने बताउनुभयो ।
सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझाले काउन्सिल मिडियाको अविभावक संस्था भएकाले यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै मन्त्रालयले मिडियाको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र बोर्ड सदस्य लालबाबु शेखले प्राप्त सुझावलाई गम्भीर रुपमा लिई आवश्यक प्रक्रियामा लैजाने जानकारी दिनुभयो ।