Friday 2nd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

स्थानीय बासिन्दाले एकिन सुचना नदिदा कास्की प्रहरीको टाउको दुखाई

Tuesday, November 9, 2021 National Power

पोखरा  – नेपाली मात्रको दोश्रो ठुलो महान चाड तिहार सबै नेपालीले आइतबार भब्य रुपमै मनाइ रहेकै थिए। पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन पर्स्याङस्थित बिस्वास पेट्रोल पम्प नजिकको गणतन्त्र चोकमा एक हुल युवायुवतीको समूह भैलोको तामझाम देखाइरहेको थियो। युवायुवती आ-आफ्नो तालले रमाइलो गर्दै थिए। उनीहरुले ल्याएको गाडी ट्राफिक नियमको वास्ता नगरी जेब्रा क्रसमा रोकिएको थियो। वरिपरि जम्मा भएका स्थानीय बासिन्दा त्यही भैलोको रमाइलो हेरिरहेका थिए। छेवैमा रहेको जेब्राक्रस नजिक १४ वर्षीय शुभम खनाल कति बेला ढले रु कसैले मेसो पाएनन।

छेवैमा बसिरहेका स्थानीय बासिन्दाले आईतवार साँझ पाँच वजेतिर बालक खनाल भुइंमा ढलेर छटपटाई रहेको देखेपछि भने त्यहाँको रमाइलो वातावरण एक्कासी होहल्ला र कोलाहलमा परिणत भयो। उनी भुइंमा छटपटाई रहेका थिए। उनलाई बसले हिर्कायो कि, मोटरसाइकलले ठक्कर दियो कि केले ठक्कर दियो रु कसैले भेउसम्म पाएनन।

स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सडक छेउमा घाइते अवस्थामा भेटिएका बालक शुभमलाई तुरुन्त उद्धार गरी उपचारका लागि तत्काल सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगियो। उनको त्यहाँ उपचार हुन्ल नसकेपछि थप उपचारका लागि त्यहाँवाट चरक लगिएको थियो । त्यहाँ पनि उपचार हुन् नसकेपछि टाउकोमा थप उपचार हुन नसकेपछि टाउकोमा गम्भीर चोट रहेका बालक शुभमलाई अर्को अस्पताल लैजाने तयारी हुँदै गर्दा उनको सोही अस्पतालमा निधन भयो।

पोखराको मालेपाटनमा बसेर स्थानिय शान्ति निकेतन बोर्डिङ स्कुलको कक्षा ९ मा पढ्दै आएका बालक शुभमको शवको सोमवार पोष्टमार्टम गरी उनको तनहुँको दमौलीस्थित घर पुर्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । तर कास्की प्रहरीका लागि बालक शुभमलाई बसले हानेको हो कि ट्याक्सीले पो हो कि वा मोटरसाइकलले हो भनेर पत्ता लगाउन फलामको च्युरा चपाए जस्तै भएको छ।

स्थानीय बासिन्दाले बालक शुभमलाई मोटरसाइकलले ठक्कर दिएर भागेको सुचना दिएका छन्। तर कस्तो र कुन नमबरको मोटरसाइकलले ठक्कर दिएको हो भने बारेमा स्थानीय बासिन्दाले एकिन सुचना नदिदा कास्की प्रहरीको टाउको दुखाईको बिषय बनेको छ, बालक शुभम मृत्यु प्रकरण।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी स्वयम् आफै घटनास्थलमा आफ्नो पुरै टिम लिएर खटिए। तर मेसो भाँती केही पाएनन। पोखरा(बागलुङ भूपी शेरचन राजमार्गको पोखरा क्षेत्रको सबैभन्दा फराकिलो सडक जिरोकिमी–विन्दवासिनी खण्डमा भएको सो दुर्घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी झन् हैरान बन्यो। बागलुङ बस्पार्क्देखि जिरो किलोमिटरसम्म राजमार्गको छेउछाउमा रहेका सिसिटिभी क्यामराको खोजि गर्यो प्रहरीले। तर कहीं कतै सिसिटिभी क्यामरा भेट्टाएन। जुन सिसिटिभी क्यामरा भेट्टायो, घटना भएको भनिएको अवधिमा स्थानीय बासिन्दाले भनेको जस्तो बिबरणको मोटरसाइकल नै फेला परेन। कास्की प्रहरी हैरान छ। तर निरन्तर दुर्घटना गराउने सवारी साधनको खोजीमा जुटिरहेको बताउछन कास्की प्रहरीका प्रबक्ता डिएसपी सुबाश हमाल।

अत्याधिक सवारी दुर्घटना हुने पोखरा बागलुङ् भूपी शेरचन राजमार्गको मिरुवादेखी जिरोकिलोमिटर र पोखराको न्युरोड क्षेत्रम जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भै आएका एसपी रमेश थापाले आफु आए लगत्तै सडकको बिचमा सवारी दुर्घटना न्यून गराउन दिभाइडर राखेका छन्। डिभाइडर राख्दा पनि जेब्राक्रस क्षेत्रमा दुर्घटना भएको देखिएपछि सोमबार नै कास्की प्रहरीले ट्राफिक प्रहरीको समन्वयमा दुर्घटनास्थल क्षेत्रमा जेब्राक्रस्मा बाटो काट्न सजिलो होस् भनेर प्लास्टिकका डिभाइडर राखिदिएको छ। – फलानो क्रियशन