Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

निर्देशक दाहालको नयाँ म्यूजिक भिडियो हेर्दा हेर्दै सार्वजानिक

Saturday, August 7, 2021 National Power

काठमाडौ – नयाँ गीत ‘हेर्दा हेर्दै….’ को म्युजिक भिडियो रिलिज भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीतसंयोजन रहेको छ । गीतलाई कृष्ण काफ्ले र रिता केसीले गाएका हुन् । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् । रञ्जिताको यो डेब्यु भिडियो हो ।

अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा यो गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा बिकाश गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडियो पवन गौतमले खिचेका हुन् । भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यान मार्फत सार्वजनिक गरिएको छ ।