काठमाडौ – नयाँ गीत ‘हेर्दा हेर्दै….’ को म्युजिक भिडियो रिलिज भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीतसंयोजन रहेको छ । गीतलाई कृष्ण काफ्ले र रिता केसीले गाएका हुन् । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् । रञ्जिताको यो डेब्यु भिडियो हो ।
अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा यो गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा बिकाश गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडियो पवन गौतमले खिचेका हुन् । भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यान मार्फत सार्वजनिक गरिएको छ ।